ट्रकको ठक्करबाट वडा अध्यक्ष घाईते

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । जिरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष डुके शेर्पा ट्रकको ठक्करबाट घाईते भएका छन् । उनलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ स्थित ग्राण्डी अस्पताल लगिएको जिरी नगरपालिकाको उपप्रमुख कृष्णकुमारी बुढाथोकीले जानकारी दिनु भयो ।
शनिवार (आज) विहान घरबाट मोटरसाईकलमा चढेर नगरपालिकाको बैठकमा सहभागि हुन जादै गर्दा अडा अध्यक्ष शेर्पालाई लामोसागु जिरी सडक खण्डको बासामा ज १ ख ८५६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
ट्रकका चालक कृष्णहरी कार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले बताउनु भयो ।