सरकार संबिधान कार्यान्वयनका लागि कार्ययोजना अनुसार अघि बढ्छ : मन्त्री बस्नेत

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले सरकार संबिधान कार्यान्वयनका लागि कार्ययोजना अनुसार अघि बढ्ने बताउनुभएको छ । आज भक्तपुर जिल्लामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएका जनप्रतिनिधिहरुको बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वर्तमान सरकार कै पालामा सबै निर्वाचन सम्पन्न भएसंगै संविधान पूर्ण रुपमा कार्र्यान्वयनमा आउने दाबी गर्नुभयो ।
संबिधान कार्यान्वयनको नेतृत्व नेपाली कांग्रेसको काँधमा आएको बताउँदै उहाँले मुलुककै ठूलो दल र सत्तासिन दलको भुमिकामा कांग्रेसले संबिधान कार्यान्वयको नेतृत्व गर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री बस्नेतले बिगतका सबै क्रान्तिको नेतृत्व कांग्रेसले गरेको बताउँदैे संबिधान निर्माण पनि कांग्रेसकै पालामा भएको उल्लेख गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचे जस्तो परिणाम ल्याउन नसकेको बताउँदै उहाँले अबको निर्वाचनमा बिगतको समीक्षा गरी पार्टीले जीत हासिल गर्ने गरी सिंगो पार्टी पंक्ति एक ढिक्का भएर होमिनुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा,पुर्ब सभापति गणेशमान चक्रधर,सांसद रामेश्वर ढुंगेल,सचिब उद्घब सिलवाल,पार्टी क्षेत्र नम्बर २ का सभापति नारायणभक्त खायमली,महिला संघका जिल्ला अध्यक्ष सरु बाँनियाँ ,मथिनपाका उपमेयर अन्जना मधिकर्मी लगायतले अब आउने निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक निशान ढुंगेलका अनुसार प्रशिक्षक सुनिल पोखरेलले प्रशिक्षण दिएको एक दिने प्रशिक्षण कार्यक्रममा ६५ जना कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको थियो ।