सञ्चिता र उषा सम्मानित

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।  नायिका सञ्चिता लुईटेल, मिस नेपाल उषा खड्गी, बरिष्ठ ब्युटिसियन डा. राजश्री श्रेष्ठ, विनु श्रेष्ठ, गायिका जुनु रिजाल लगायतले ब्यापारीक नगरी बनेपामा सम्मान गरिएको छ ।

ब्युटिसियनको क्षेत्रमा झण्डै डेड दशक नेपाली नारीहरुलाई सौन्दर्यको माध्यमबाट ब्यवसायीक बनाई आर्थिक सम्वृद्धका लागि विशिष्ठ योगदान पु¥याउँदै आएको आईटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ्ग इन्ष्टिच्युटले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।  संस्थाको १४ औ बार्षिकोत्सवको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा पुर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले सम्मानित ब्यक्तिहरुलाई बधाई दिदै ट्रेनिङ्ग सेन्टरले प्रदान गरेको सिपबाट ब्यवसायीक बनेकाहरुलाई अझै ब्यवसायीक बन्न अनुरोध गरेका थिए । इन्ष्टिच्युटबाट चार हजार भन्दा धेरै विद्यार्थीहरुले सिप सिकिसकेका छन् । त्यस मध्ये ५० प्रतिशत ब्यवसायीक रुपमा सहभागि भएका छन् भने ३० प्रतिशत विदेश गएका छन् । २० प्रतिशतले ब्यक्तिगत प्रयोग गरेका छन् ।

प्रवन्ध निर्देशक रुस्का बैद्यले सिटिईभिटीबाट प्राप्त अनुमतिबाट विद्यार्थीहरुलाई ब्युटिसियन सिप सिकाएर ब्यवसायीक र आत्मनिर्भर बन्न सहयोग पु¥याएको बताईन् । सोहि अवसरमा समाजसेवी रामगोपाल कायश्थलाई पनि सम्मान गरिएको थियो ।  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले ब्युटिसियनलाई पनि उद्योग र ब्यवसायका रुपमा अगाडी बढाउन सहयोग गर्ने बताए । बरिष्ठ ब्युटिसियन डा. राजश्री श्रेष्ठले ब्युटिसियन र सरोकारवाला बीचको सम्वन्ध प्रगाढ हुनु पर्ने बताए ।