सिरहामा अपराधिक गतिविधिहरु बढ्दै

0
Shares

फिरोज सिद्दिकी, सिरहा । गत आर्थिक वर्ष २०७३/७४ मा जिल्ला प्रहरी कार्यालय सिरहामा ६ सय ९४ मुद्दा दर्ता भएका छन् । विगत वर्षको तुलनामा आपराधिक गतिविधिहरू बढ्दै गएको देखिएको छ ।
जिल्ला प्रहरीले एक वर्ष अवधिमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न किसिमका आपराधिक क्रियाकलाप तथा अन्य शीर्षकमा गरी कुल ६ सय ९४ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका हुन् ।
कार्यालयले दिएको जानकारी अनुसार गत आवको साउनदेखि असार मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै १ सय ७६ वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन् । त्यसैगरी भवितव्य ज्यान १ सय १२, सवारी ज्यान ७१, लागुऔषध ७०, झुण्डीएर आत्महत्या ५७, बिष खाएर २९, जबरजस्ती करणी २६ र साधारण चोरी २० वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योग १८, कर्तव्य ज्यान १७, सवारी चोरी १७, ठगी ११, जबरजस्ती करणी उद्योग ११, बहुविवाह १०, हातहतियार खरखजाना ९, सरकारी छाप दस्तखत किर्ते ७, नागरिकता सम्वन्धी र वोक्सीको आरोपमा ४÷४ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी सवारी अंगभंग ३, बम विष्फोट २, जातीय भेदभाव तथा छुवाछुत २, आगो लगाए आत्महत्या २, फुटकर ज्यान २, हातहतियारबाट आत्महत्या, डाका चोरी, जूवा, खोटा चलन, व्यक्ति अपरहण, कुटपिट अंगभंग, राज्यविरुद्दको अपराध, माबेबि तथा ओसारपसार, बाल विवाह, कुटपिटगरी गर्भ तुहाएको, लागलागी समवन्धी, अपरहण, परीक्षा तथा शिक्षा ऐन र अन्य १÷१ ओटा गरी कुल ६ सय ९४ वटा मुद्दा दर्ता भएका थिए । ति मध्ये ४ सय ४७ वटा मुद्दा फस्र्यौट भैसकेका छन् भने २ सय ४७ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसैबीच आर्थिक वर्ष २०७०÷७१ मा ५२९ वटा, २०७१÷७२ मा ५३० वटा र २०७२÷७३ मा प्रहरी कार्यालयमा जम्मा ५ सय ३६ वटा मुद्दा दर्ता भएका थिए भने गत आवमा १ सय ६८ वटा थप दर्ता भएका छन् ।