हेटौंडा अस्पतालमा आईसीयु यही महिना

0
Shares

हेटौंडा,(नेस) । हेटौंडा अस्पतालमा यही महिनाभित्र आईसीयु सेवा सञ्चालनको तयारी गरिएको छ । भौतिक व्यवस्थापन प्रायः भइसकेको अस्पतालको व्यवस्थापन पक्ष अब जनशक्ति व्यवस्थापनतर्फ केन्द्रित देखिएको छ ।

अस्पताल विकास समितिअध्यक्ष रमेश गिरीले यही महिनाभित्र आईसीयु सञ्चालनगर्न जनशक्ति व्यवस्थापनतर्फ आफू लागेको बताए । ‘हेटौंडा अस्पतालमा आईसीयु सेवानभएकोले आईसीयु सेवाजतिसक्दो चाँडो सुरु गर्नेछौं,’उनले भने । उनकाअनुसार असार १६ गतेको बोर्ड बैठकले आवश्यक कर्मचारी÷जनशक्ति मागगर्ने निर्णय गरी जनशक्ति खोजी कार्य जारी राखेको छ ।

‘३ जना डाक्टर ल्याउने प्रयास भइरहेको छ । अर्थोका एक जना डाक्टर हाल २१ दिने तालिममाभारतमा रहेकाले तालिम सकिएपछि हेटौंडा आउने पक्काभएको छ । नाक, कान र घाँटी तथा एक जना फिजिसियन यहाँ ल्याउन मन्त्रालयमा कुरा भइरहेको उनले बताए ।