बेबारिस सडकमानवको उद्धार

0
Shares

हेटौंडा,(नेस) । हेटौंडाबाट एक बेबारिस सडकमानवको उद्धार भएको छ । नामथर बताउननसक्ने करिब ३५ वर्षको अत्यन्त काष्टकर जीवनव्यतितगर्न विवस सडकमानवको हेटौंडा उपमहानगरपालिकाको सहयोगमाबुधबार उद्धार गरिएको हो ।  ५ वर्षदेखि हेटौंडालाई केन्द्रविन्दु बनाएर सडकमानवको सेवागर्दै आएको मानवसेवाआश्रमले हेटौंडालाई सडक मानवमुक्त सहर हँुदै हेटौंडालाई मानवीयताको सहर बनाउने उद्धेश्यलिएको छ । नेपाललाई २०८२ सम्ममा सडक मानवमुक्त देश बनाउने उद्धेश्यलिएको मानवसेवाआश्रमको हाल ८ जिल्लामा सेवाकेन्द्र छन् भने २ सय ५० भन्दा बढीको सेवागरिरहेको छ ।