घर घरमा एक सय‘नानीबिरुवा’

0
Shares

हेटौंडा,(नेस)÷परिवारका कान्छा सदस्यको नाममा हेटौंडामा बिहीबार ‘नानीबिरुवा’ रोपिएको छ । सानालाई माया गरेर बोलाइने ‘नानी’शव्दलाई मानिसको आत्मीयतासँगजोडेर आफ्नै छोराछोरीसरह मायागर्न आग्रहअनि प्रेरित गर्दैै हेटौंडामा ‘नानीबिरुवा’ रोपिएको हो ।

आफ्नाअध्यक्ष पुरणबहादुर जोशीको परिकल्पनानुसार रोटरी क्लबअफमकवानपुर र रोट्¥याक्ट क्लबअफमकवानपुरको संयुक्तआयोजनामाबिहीबार विहान हेटौंडा–४, हुप्रचौर क्षेत्रका एक सय घरअगाडि उनीहरुकै घरका कान्छा सदस्यको ‘नेम ट्याग’सहितबिरुवा रोपिएको हो । जालीसहित रोपिएकानिम, कपुर र धुपीबिरुवालाई आफ्नै सन्तानसरह स्याहारसुसार गर्न आग्रहगरिएको राट्¥याक्ट क्लबअध्यक्षविजयपौडेलले बताए । ‘अन्य संस्थाले केवलऔपचारिकता पूरा गर्न बिरुवा रोप्ने गरेकोमाहामीले व्यवस्थितगर्ने योजनासहित घरघरबाट कान्छा सदस्यको नाम संकलन गरी बिरुवा रोप्ने योजनाबनाएकाथियौं,’पौडेलले भने ।

रोपिएकाबिरुवाको संरक्षण घरका सदस्यले नै गर्न प्रेरित गर्ने उद्धेश्यले ‘नानीबिरुवा’ वृक्षरोपण गरिएको हो । बिरुवा रोपेर परिवारको जिम्मालगाइएको छ । एनआईसी एसिया बैंकको प्रायोजन र रोट्¥याक्ट क्लबअफमकवानपुरको विशेष सहयोगमा वृक्षरोपण गरिएको हो । ‘नानीबिरुवा’ वृक्षरोपण कार्यक्रम सुरुवात सुपारीटार व्यारेकका पृतनापति अमरसिं थापा, रोटरी क्लबअफमकवानपुर अध्यक्षजोशी, संस्थापकअध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोट्¥याक्ट क्लबअफमकवानपुर अध्यक्षपौडेल र संस्थापकअध्यक्ष गणेशदर्पण अधिकारीलगायतले संयुक्तरुपमा वृक्षरोपण गरी गरेकाथिए ।