विद्याले ल्याइन् हेलो हाइ

0
Shares

हेटौंडा, (नेस)। नेपाली संगीतको ठूलो रियालिटी सो नेपाल आइडलको टप १८ सम्मकी प्रतिस्पर्धी एवम् हेटौंडालाई चिनाउन प्रयासरत विद्या तिवारीले पहिलो एकल गीत स्रोतामाझ ल्याएकी छन्।

विद्याले हेलो हाइ बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरेकी छन्। माधव ढुंगानाको रचना रहेको गीतमा शिखर सन्तोषको संगीत छ। उनको यो गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीले गीतमा मोडलिङ गरेकी छन्। हेटौंडा२ की २३ वर्षीया विद्यालाई गीतमा र्यापर गिरीश खतिवडाले साथ दिएका छन्।

नेपाल आइडलको अडिसन राउन्डमै क्लासिकल फ्युजन गाएर चर्चा पाए पनि विद्या टप १८ भन्दा माथि जान सकिनन्। गायन कलामा धनी उनी कम भोट पाएपछि बाहिरिएकी थिइन्। उनले नेपाल आइडलमा गएर धेरै कुरा सिकेको बताइन्। ‘मैले धेरै कुरा पाएको जस्तो भइरहेको छ’ –उनले भनिन्।

यसैबीच उनी बिहीबार हेटौंडामा रहेको मामाघर पुगेकी छन्। पूर्वसडक बालकहरू संरक्षित मामाघरमा संरक्षित भञ्जाहरूका लागि उनले जनैपूर्णिमाको अवसरमा क्वाँटी खरिद गर्नका लागि नगद १५ सय रुपियाँ उपलब्ध गराइन्। बुबा श्याम तिवारीसँग त्यहाँ पुगेकी उनले भाञ्जाहरूलाई गीत सुनाएर मनोरञ्जन दिलाएकी थिइन्। उनले भविष्यप्रति चिन्तित हुन उनले सुझाइन्।