नेपाल सरकारले भिजिट भिसामा विदेश जान स्वीकृत नदिने गरेको निर्णय कार्यान्वयन नभएको देखिएको छ, जुन एकदम गलत कदम हो। कि निर्णय नै नगर्नुपर्ने निर्णय गरिसकेपछि कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। नेपालमा रोजगारी दिन नसक्ने अवस्थामा नेपालमा अन्तर्राष्ट्रिय जगत्बाट आउने सहयोग अनुदान सबै आफ्नो र कार्यकर्ताको पालनपोषणमा लगानी गर्ने सरकारी साराले देश झनपछि झन बिग्रँदै गएको छ। विदेशी कम्पनीले नेपालमा प्रायः निःशुल्क भिसा दिने गर्दछ, कतिपयको लागत एकदम न्यून हुने गर्दछ। उल्टै कम्पनीहरुले म्यानपावरलाई कामदार उपलब्ध गराएबापत रकम दिने गर्दछ। जुन पैसा कम्पनीका अधिकारीहरुको मिलेमतोमा म्यानपावरहरु लिन्छन्। पैसा तिर्ने बेला एउटा र एयरपोर्टमा देखाउने भन्ने बेला एक चौथाइ मात्र तिरेको हो भन्न लगाइन्छ जुन माथिसम्मको सेटिङमा हुने गरेको घाम जस्तै छर्लङ्ग छ। नेपालमा सबै कम्पनीको भिसा जाँदैन केही कम्पनीमा थोरै मात्रामा कामदार चाहिने हुँदा २⁄४ जनाका लागि भिसा पठाउन ज्यादै झन्झटिलो हुने कम्पनीहरु कुरा गर्छन्।
यसका लागि भरपर्दो माध्यम हो भिजिट भिसा भन्नेहरुको छुट्टै तर्क छ। तर भिजिट भिसामा गएकाले काम गर्दा र अवैधानिक हुँदा दुःख पाएका र जेल गएका घटना पनि कम छैनन्। विभिन्न देशहरुले नेपालीहरुलाई भिजिट भिसा दिने गर्दछ्न। कति समयका लागि हो त्यो अवधिमा हामीले आफूलाई मनपर्ने आफ्नो योग्यता सीपको आधारमा कम्पनीसँग अन्तर्वार्ता गरेर काम खोज्न सकिन्छ जुन एकदम राम्रो पक्ष हो। तर पढ्न र अरू कुनै उद्देश्यले जानेहरु काममा लाग्दा उनीहरुमाथि त्यहाँको कानुन जाइलाग्दा उनीहरु निकै समस्यामा परेका छन्।
नेपालबाट ल्याउने कामदारहरुलाई आकर्षक काम दाम भनेर ल्याइन्छ तर विदेशमा आएसी काम अर्कै र दाम ज्यादै न्यून हुने गर्दछ। लाखौं नेपाली यसको शिकार भएका छन्। महँगो शुल्क तिरेर थोरै तलबमा काम गर्न बाध्य छन्। ऋणधन गरेर कमाउने आशा राखेर आएको नेपालीलाई यहाँ पशुतुल्य व्यवहार गरिन्छ। नेपाल सरकारको कमजोर विदेश नीतिले गर्दा एउटै कामका लागि पनि अन्य देशको तुलनामा निकै कम तलब पाउने गरिन्छ। साथै तल्लो दर्जामा काम गर्नेले पनि नेपालीहरुको इज्जत गर्दैन। भिजिट भिसाबाट सरकारलाई कुनै फाइदा नहुने हुँदा यो बन्द गरिएको जस्तो कतै तर्क आउने गरे पनि सुरक्षा संवेदनशीलता र कामदारको जिउधनको कुरा पनि यसमा छ। तसर्थ यो निर्णय कडाइका साथ पालना गराउन आग्रह गर्दछु।
रवि पोख्रेल, सिन्धुपाल्चोक (हाल दोहा कतार)
भ्रष्टचारीलाई छोड्नु हुँदैन
सयौं सभासद, ८ दर्जन बढी राष्ट्रियस्तरका दल, हजारौं नेता, कति पुग्ने हो मन्त्री त्यसको अझै गणना छैन। शेरबहादुर देउवाको हातको कुरा हो। तैपनि देशका जनताले एक छाक खाना र एकसरो लुगा नपाएर तड्पनुपरेको छ। नेपाल विश्वकै सुन्दर देशको सूची छ, तर केही भ्रष्ट नेता, कमिसनको लालची कर्मचारी र विदेशी पैसाले किन नखोज्ने एनजीओ र आईएनजीओले यो देश तहसनहस गराएका छन्। यो सुन्दर देशलाई यिनीहरुले कुरुप बनाएका छन्। चुनावको बेला मात्रै छइपछइप्ती देखापर्ने नेताले जनताको काममा चासो दिँदैनन्। चुनाव जित्ने बाटोमा उनीहरु पैसाको खोलो बगाउँछन् अनि जितेपछि त्यसको चौगुना पैसा कमाउन तल्लीन हुन्छन् हाम्रा नेताहरु। विभिन्न क्षेत्रमा अग्र स्थानमा चिनिने यो देश, आज आफ्नै देशको नेताले गर्दा सबैभन्दा पछाडिएको छ। शान्तिका दूत गौतम बुद्ध जन्मिएको यो देश, आज अशान्त बनेको छ। देशसँग सबै कुरा भएर पनि, दुर्भाग्यवस गरिब हुन बाध्य बनेको छन् यहाँका जनताहरु। प्राकृतिक स्रोत साधनले निपुण यो देशलाई कंगाल बनाएर लुटेर खानेहरुले कहिले सोच्ने घर जलाएर पाएको खरानीले त्यति धेरै महत्त्व राख्दैन भनेर। उनीहरु विदेशभ्रमणमै करोडौं स्वाहा गराउँछन्। आर्थिक मसान्त सकिएको १ हप्ता नबित्दै सबै सचिवको सयर भएको छ। उनीहरुलाई विदेश प्यारो हुन्छ तर आफ्नै देशको दुर्गम छेत्र र गाउँमा जाने समय यिनीहरुलाई हुँदैन। भेष–भूषा, भाषा र जातिमाथि राजनीति गर्नेहरुले यो देशको संस्कृति नै स्वाहा पारेका छन्। यदि देशका लागि राजनीति गर्थे भने सायद नेपालको यस्तो दुर्दशा हुने थिएन। आफ्नो छोराछोरीलाई विदेशमा पढाउने तर गरिब जनताका छोराछोरीलाई आन्दोलनमा सहभागी गराई राष्ट्रियताको ढोङ हेराउने नेता जबसम्म देशको नेतृत्व गर्नेछन् तबसम्म देश यो दुर्दशाबाट कहिले मुक्त हुनेछैन। देश गरिब आर्थिक कमीको कारणले भएको हैन, नेतृत्वको सोचले हो। असल नेतृत्व गर्ने व्यक्ति नभएको कारणले हो। जुन दिन देशमा मधेसीले पहाडी, पहाडीले मधेसी, पश्चिमीले पूर्वेली र पूर्वेलीले पश्चिमीलाई आफ्नो हुन् भन्ने बुझ्छन् त्यो दिन यो देश आर्थिक मत्र हैन हरेक कुरा म विकसित हुनेछ। यदि देशका नेताले नै देश विकास गर्ने महान् कार्यमा आफ्नो सहभागिता जनाउँदैनन् भने देशमा आउन सक्ने समस्या र दुर्घटनाको कसले जिम्मेवारी लिने समस्या नै समस्याको कुरा छ। त्यसैले यो लेख मार्फत म सबै नेता, मन्त्री एवम् दललाई एकजुट भई देशको विकास गर्न मदत पुर्याउन हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो आपसी झैझगडाबाट अरूले फाइदा उठाउने मौका पाउने भएकोले सबैजना मिलिजुली देश बदलिन एकजुट हुन सबैसँग अग्रह पनि गर्दछु। देशलाई चाहिएको राष्ट्रिवादी नेता हो, लम्पसारवादी हैन। त्यसैले राजनीति गर्नु नै छ भने राष्ट्रियताका लागि गरौं, कुनै भाषा, जात, धर्मका लागि हैन। सामाजिक रुपमा सम्पन्न हामीलाई नेताको कारण गरिब हुनुपरेको अवस्था छ। आखिर कहिलेसम्म यो ?
निशान्त शर्मा, खोटाङ (हाल कुबेत)
प्रतिक्रिया