भारतको जयपुरमा अलपत्र बालकको उद्धार

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । गाउँलेको लहलहैमा भारत पुगेर जयपुरमा अलपत्र बालकको परोकारी भावनाका युवाहरुले उद्धार गरी मंगलवार नेपाल ल्याएका छन् । कालिकोटको पलाता गाउँपालिका–७ थिर्पू घर बताउने १२ वर्षीय बाल सुवास बिष्टलाई भैरवी गाउँपालिका–२ रावतकोट दैलेखका कमल बिकले उद्धार गरी ल्याइएका हुन् ।

बालक सुवासका अनुसार उहाँका बुबाको नाम हरी बिष्ट र आमाको नाम सागरा बिष्ट हो । उनले बुबा आमाले मोवाइल बोक्नु भएको भएपनि आफूलाई मोवाइल नम्वर थाहा नभएको बताए ।

दिदेसिलु मावि बेरशंकोट कालिकोटमा कक्षा ७ मा अध्ययनरत सुवास छिमेकी गाउँले एक अंकलले गएको भारतको जयपुर पु¥याई काम लगाई दिएको कम्पनी लुकीलुकी काम गर्नु परेको र पैसा पनि नदिएको कारण भागर बसपार्क आई पुग्दा दैलेखका कलम बिकसंग भेट भएको थियो ।

जयपुर बसपार्कमा हिजो मात्र भेट हुँदा बेखर्ची र हैरानीमा देखेपछि गाडीभाडा र खाना समेत खुवाउदै ल्याइ पु¥याएको बिकले बताए । आज साँझ मात्र दैलेख सदरमुकाम ल्याइएका ती बालकलाई महिला बालबालिका कार्यालय तथा सामाजिक सेवा केन्द्र (सोसेक)द्वारा सञ्चालित बाबालिका तथा महिला सेवा केन्द्रमा दैलेखमा आवास व्यवस्थापन गरिएको छ ।

बालक दिएको जानकारी अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) कालिकोटमा परिवारका सदस्यहरुसंग सम्पर्क प्रयास गरिएको र अभिभावकहरु झिकाउने वा संस्थाकै पहलमा घरसम्म पठाउने व्यवस्था मिलाइने महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् ।

घरायसी तनाव, बालबालिका माथि हुने हिंसा वा लहलहैमा बालबालिकाहरु घर छोडी शहर पस्दा एकदमै न्यून रकममा कडा श्रमशोषणमा पर्ने गरेका छन् । त्यसरी घर छोड्ने बालबालिका मध्ये आधा जति भारत पस्ने र त्यहाँ बालश्रममा रोक लगाइएको कारण बाल सुधार गृहमा राखी यातना दिने गरिएको यस अघि नै खुलेको सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।

भारतमा अलपत्र भइ उदार गरी ल्याएका वालक सुवास विष्ट