अनुष्काको अनुभवः बलिउडमा लिंगभेद

0
Shares

 

बलिउड सुन्दरी अनुष्का शर्मा सधैं आफ्ना विचार तथा भनाइहरु स्पष्टरूपमा राख्न रुचाउँछिन्। कुनै पनि विषयमा खुलेर बहस गर्ने उनको बानी छ। बलिउडमा फैलिरहेको लैंगिक विभेदलाई लिएर पनि उनले मुख खोलेकी छिन्।

पहिले नै यस बारेमा मुख खोलेकी उनले अहिले आएर पुनः यस मुद्दामा आफ्नो विचार राखेकी छिन्। ‘आज पनि बलिउडमा व्यापकरूपमा लिंगभेद रहेको छ। तर, हामी यसलाई रोक्न सकारात्मक रूपले अघि बढ्न सक्छौं’ –उनले भनिन्। यसो हुनुमा फिल्म उद्योग मात्र नभएर मानिस पनि जिम्मेवार रहेको उनले दाबी गरेकी छिन्।

आज पनि बक्स अफिसमा नारी प्रधानभन्दा पुरुष प्रधान फिल्मको बर्चस्व हुनुले पनि लैंगिक भेदलाई प्रस्टरूपमा दर्शाएको जनाउँदै अनुष्काले यसलाई विस्थापित गर्न शुरुआती कदम चालिसकेको र यसले निरन्तरता पाउनेमा पनि विश्वास दिलाएकी छिन्।

२ वर्षअघि पनि अनुष्काले फिल्ममा अभिनेतृलाई सुन्दर वस्तुको रूपमा र अभिनेतासँग मनोरञ्जन गर्नका लागि प्रयोग गरिने गरेको टिप्पणी व्यक्त गरेकी थिइन्। अनुष्काको आगामी फिल्म जब ह्यारी मेट सेजेल अगस्ट ४ मा रिलिज हुँदै छ। जसमा उनको जोडीको रूपमा शाहरुख खानलाई देख्न सकिन्छ।