किन बन्द हुन लाग्यो ‘द कपिल शर्मा शो ? (कारण सहित)

0
Shares

 

काठमाडौं । विविध कारणहरुले गर्दा ‘द कपिल शर्मा’ शो चाँडै नै बन्द हुने स्थितीमा पुगेको छ ।

भारतीय संचारमाध्यमका अनुसार सोनी टिभी कपिल शर्मासँग कन्ट्राक्ट रिन्यु गर्ने तरखरमा छैन । यसको कारण शोको घट्दै गएको टिआरपी र कपिल शर्माको खराब स्वास्थ्यअवस्था बताइएको छ ।च्यानलसँग कपिलको कन्ट्राक्ट अप्रिल २०१७ मा पूरा भइसकेको छ ।

तर, तीन महिनासम्म पनि सोनी च्यानल र कपिलबीच कुनै डिल नभएको बताइएको छ । शो बन्द हुनुको अर्को कारण कपिलको खराब स्वास्थ्यअवस्था पनि मानिदैँ आइएको छ । पछिल्लो एक डेढ महिनामा कपिल तीन पटक शेटमा बेहोस भइसकेका छन् ।

यसकारण प्रचारको लागि आएका कलाकारहरु पनि रित्तै फर्किनु परिरहेको छ ।अस्वस्थ अवस्थाका कारण कपिल आफ्नो फिल्म ‘फिरंगी’ को सेटमा पनि बेहोस भइसकेका छन् । घट्दो टिआरपीका कारण यस शो टप १० बाट पनि बाहिरिसकेको छ ।