टिसाले तोडिन्गौ रिकाको कीर्तिमान


काठमाडौं, (नेस)
हङ्गेरीको बुडापेस्टमा जारी १७औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली पौडी खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

टिसाले महिलाको १ सय मिटर बे्रेस्ट स्ट्रोकमा गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। उनले सो दूरी १ मिनेट २६ दशमलव १३ सेकेन्डमा पूरा गरिन्। गौरिकाले दुई वर्षअघि सन् २०१५ मा काठमाडौंमा सम्पन्न २०औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा १ मिनेट २६ दशमलव ७२ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान राखेकी थिइन्। टिसाले शून्य दशमलव ५९ सेकेन्ड समयको सुधार गर्दै गौरिकालाई पछि पारेकी हुन्।