ब्राउन रिहानाको पछि–पछि

0
Shares

 

अमेरिकन पप गायक क्रिस ब्राउन आफ्नी पूर्वप्रेमीका गायिका रिहानालाई फेरी आफ्नो जिन्दगीमा फर्काउन चाहन्छन्। एजेन्सीका अनुसार त्यस कारण उनी लगातार रिहानालाई टेक्समार्फत् सन्देशहरू पठाइरहेका छन्।

एसोबिज डट कमका अनुसार ब्राउन केही महिनादेखि रिहानालाई सन्देश पठाइरहेका छन्। उनी रिहानालाई आफ्नो जिन्लगीमा फर्काउने कोशिस गरिरहेका छन्। तर, उनी आफ्नो प्रयासमा भने आजसम्म सफल हुन सकेका छैनन्। रिहाना हाल हसन जमीलसँग सम्बन्धमा छिन्। रिहानाको नया प्रेमी हसनको कारणले ब्राउनलाई कुनै पनि तनाव छैन। किनभने उनलाई लाग्छ कि रिहाना र हसनबीचको सम्बन्ध लामो समयसम्म टिक्दैन।