बारामा तस्करीको अबडै अखडा, बयल गाडाबाटै हुन्छ काठ तस्करी

0
Shares

गोकुल घोरसाइने, बारा ।
जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हुदै गरेको अवस्थामा गंजभवानीपुर प्रहरी चौकीको प्रहरी टोलीले करैया गाउ“पालिका ४ बाट शुक्रबार बिहान ३ बजे ३ थान सखुवाको गोेलिया सहित गाडा र एक हल गोरु बेवारिसे अवस्थामा बरामद गर्यो ।

सोही बिहान सेक्टर वन कार्यालयको गस्ति टोलीले जितपुर सिमरा उपमहानगरपालिका १७ को रघुनाथपुरमा पनि बा“स घारीमा लुकाई राखेको अवस्थामा सखुवाको थप ४ थान हरियो टुना फेला पार्यो । प्रहरीले बरामद काठ सहित गोरु र गाडा कारवाहीको लागि सेक्टर वन कार्यालय मधुवनको जिम्मा लगाएको छ ।

 

जिल्लामा केही समययता मिलेमतोमा काठ तस्करी वृद्धि भएको गुनासो बढिरहेको बेला प्रहरी र वन कर्मचारी टोलीले एकै दिन दुई स्थानबाट तस्करीको काठ बरामद गरेका हुन । मधुवन, तामागढी र जिल्लाको तामागढी सेक्टर जंगलबाट बयल गाडामा राखेर काठ तस्करी हुने गरेको हो ।

‘कर्मचारी र प्रहरी देखे पनि नदेखे झै गर्छन, तामागढी सेक्टर कार्यालय अन्तरगतको जंगल नजिकै पर्ने ककडी गाउ“का एक सर्वसाधारणले भने, बयल गाडामा लोड गरेर दिनहु“ लैजान्छन ।’ स्थानीयका अनुसार दक्षिणतर्फबाट साझपख आउने तस्करहरुको समुहले हरिया सखुवा फडानी गरी टुना पारेर बयलगाडा राखी लैजाने गरेका छन । ककडी सहित, सपही, बलुवा, भलुहिखोर नाकाबाट काठ तस्करी हुने गरेको छ । मधुवन सेक्टरको अन्तरगतको सहजनाथ साझेदारी वनमा पनि दक्षिणतर्फबाट पस्ने काठ तस्करीको बिगविगी छ ।

तस्करहरुले रामनगर, वोधवन मधुवन र पसाहा नदीपारीको जैतापुर नाका प्रयोग गरी हरिया दाउरा र सखुवाको टुना बनाएर साइकल र बयल गाडामा तस्करी गर्दै आएका छन । यस क्षेत्रबाट तस्करी भएको काठ जिल्लाको दक्षिणी भेगमा पर्ने चिरान मिल र सिमापारी भारतीय बजारसम्म पुर्याइने बिक्री गरिन्छ ।

 

तस्करीको अर्को अखडा तामागढी सेक्टरबाट फडानी भएको काठ भने स्थानीय बजारमा नै खपत हुने गर्छ । तस्कर समुहले यस क्षेत्रबाट पनि बयल गाडा नै प्रगोग गरी काठ तस्करी गर्दै आएका छन । यहाको काठ निजगढबजार, सिगौल, रतनपुरी र बागदेव क्षेत्रका घरघरमा पुर्याएर बिक्री हुने गरेको छ । तस्करहरुले जंगलबाट टुना वा चिरान बनाएर पनि काठ ल्याइदिने गरेको स्थानीयको भनाइ छ । एउटा ३.५ चौडाइको ४ हाते सखुवा चिरान कडी २ हजारदेखि २ हजार ५ सय रुपैयासम्म खरिद बिक्री हुने उनले जानकारी दिए ।

 

सखुवाको गोलिया भने बजार मुल्य भन्दा निक्कै कम मुल्यामा बयल गाडाबाट घरमा पुर्याइन्छ । ‘जस्तो अर्डर आयोे त्यस्तै ल्याइदिन्छन, उनले भने, एउटा २० क्विफिटको सखुवा गोलियाको १०÷१५ हजार लिन्छन ।’ तर बजारमा चिरान ५ हजार र गोलिया काठको मुल्य प्रतिक्विफिट ३ हजार रुपैयासम्म छ । निजगढ नगरपालिकाभित्र निर्माण हुदै गरेका अधिकांश घर र भवनमा तस्करीको काठमा नै निर्भर छन । निजगढ क्षेत्रबाट तस्करीको चिरान ट्रक र बसमा समेत राखेर काठमाण्डौं, हेटौडा र विरगंज जस्ता सहरमा समेत पुर्याइने गरिन्छ । तामागढी सेक्टरको पुरानो निजगढ, सिगौल, लाल र रतनपुरी नाकाबाट सखुवाको काठ तस्करी हुदै आएको छ ।

 

वन कर्मचारी र नाका चौकीका प्रहरीको मिलेमतोमा काठ तस्करी हुने गरेको गुनासो छ । तामागढी क्षेत्रबाट हुने तस्करीमा इलाका प्रहरी कार्यालय निजगढका घुमुवा प्रहरीले महिनावारी रकम असुलेर छुट दिने गरेको बताइन्छ । जिल्ला वन अधिकृत भैरव घिमिरे तस्करी नियन्त्रणको लागि कार्यालयले कुनै कसुर बाकी नराखेको बताउछन । उनले कर्मचारीको तस्करसंग मिलोमतो रहेको कुरामा सत्यता नभएको यदि त्यस्तो पाइए कडा कारवाही गरिने पनि बताए ।