‘संसदको म्याद थप्दै जाने हो भने कहिल्यै निर्वाचन हुँदैन’

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

नेकपा (एमाले)का स्थायी समिति सदस्य किरण गुरुङ्गले संसदको म्याद थप्दै जाने हो भने मुलुकमा कहिल्यै संसदीय निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन ।  ३९ औ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा(एमाले) पर्वतले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य गुरुङ्गले निर्वाचन नगरी संसदको म्याद थप्दै जाँदा निर्वाचनै नहुने खतरा आउने ठोकुवा गरेका हुन ।  ‘अहिले निर्वाचित साँसदहरुले आफ्नो म्याद बढाउँन पाउँदा लगातार बढाउँदै जाने संभावना हुन्छ’ उनले भने ‘चुनाब नगरी म्याद थप्दै जाँदा यो श्रृङ्गखला अन्त्यहिन रुपमा चल्न सक्छ, मुलुकमा चुनाबै नहुन सक्छ’ उनले रुपान्तरित संसदको म्याद एक बर्ष थप गर्न नसकिने स्पष्ट गरे । आवधिक निर्वाचन गरि मुलुकमा संबिधान कार्यान्वयनको बिकल्प नभएको भन्दै स्थायी समिति सदस्य गुरुङ्गले बताए ।

मुलुकमा हुने सबै निर्वाचनमा नेकपा(एमाले)लाई पहिलो शक्ति हुनबाट कसैले नसक्ने दाबी पनि उनले गरे । दुई चरणको स्थानिय तह निर्वाचनमा एमालेले नै पहिलो शक्ति बनेको र प्रदेश नं २ मा पनि एमाले नै पहिलो शक्ति बन्ने ठोकुवा गर्दै उनले अघि भने ‘अब हुने सबै निर्वाचनमा एमाले नै पहिलो शक्ति बन्छ, कसैको तागतले रोकिदैन’ एमाले पहिलो शक्ति बन्ने देखेर सत्तारुढ दल र भारत समेत निर्वाचन नगर्न बिभिन्न बाहनाबाजी बनाउन लागेको बताउँै स्थायी समिति सदस्य गुरुङ्गले सबै चुनाबहरु तोकिएकै समयमा सम्पन्न गर्न एमालेले दबाब सृजना गर्ने बताए ।

उनले पुष्पलालले नेपालको बाम प्रजातान्त्रिक आन्दोलनलाई दिशा निर्देश गरे अनुसार नै अहिलेको परिर्वतन  संभब भएको बताए । पुष्पलालले बिश्वमा समाजबादी मुलुकहरुमा आएको बिघठनलाई हेरेर मुलुकमा प्रतिष्पर्धात्मक राजनिती र सहकार्यबाट परिर्वतनका लागि बाटो खोलिदिएको बताए ।  कार्यक्रममा एमाले बैकल्पिक केन्द्रिय सदस्य गोबिन्द नेपालीले पुष्पलालको जीवनी र उनले बाम प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । एमाले पर्वतका अध्यक्ष पदम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिब पदमपाणी शर्मा र स्वागत उपसचिब गोबिन्द पहाडीले गरेका थिए । एमालेले सोही दिवसको अवसर पारेर पर्वत जिल्ला अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गरेको छ ।