रक्त क्यान्सरले दिएको पिडा : सहयोगको याचना

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बुढेसकालको साहारा भनेर जन्माएको छोरा रक्त क्यान्सरवाट ग्रसित भएपछी बैतडीको पुर्चौडी पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई रातदिन खाएको एक गास पनि आङ लाग्दैन । छोराको चिन्ताले खाना खानु नखानु एउटै सरह भएको छ । १४ बर्षिय छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित ग्रसित भएपछी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । विगत १८ महिनादेखि जयन्तको काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइहरेको आमा दुर्गाले जानकारी दिनुभयो ।

वि स २०७२ सालको फागुन महिना अघिदेखि विरामी भएको जयन्तलाई सुरुमा घरायसी उपचार गरेको थियो । घारायसी उपचारले निको नभएपछी डडेल्धुराको एक मेडिकलले ब्लड क्यान्सरको भएको भनेर काठमाडौंस्थित कान्ति बाल अस्पतालमा लैजान सुझाएका थिए । वि स २०७२ सालको फागुनमा उपचारका लागी कान्ति बाल अस्पतालमा भर्ना गराएपछी आर्थिक अभाव हुदा बिचमा उपचार गर्न छोडेर घार फर्किएका थिए । जयन्तलाई हाल पुनःकान्ति बाल अस्पतालमा भर्ना गरिएको आमा दुर्गाले बताउनुभयो ।

एक वर्षदेखि कान्ति बाल अस्पताल काठमाडौंमा उपचार गराइरहेका जयन्तको उपचारको लागि उनका परिवारले भएको सम्पति, जग्गा जमिनसमेत बिक्री गरेका छन् । हालसम्म छोराको उपचारमा ७ लाख खर्च भईसकेको छ उहाँले दुखेसो पोख्नुभयो“भएको जती सम्पती सबै बिक्री गरिसके, जग्गाजमिन केही बाँकी छैन”

जयन्तलाई पूर्ण रुपमा निको हुनको लागि ३ बर्ष २ महिना लगातार उपचार गराउनुपर्न र त्यसको लागि २० लाख रुपैयाँ खर्च लाग्ने भनेको छ उहाँले भन्नुभयो“ चिकित्सकले जयन्तको तीन वर्षसम्म नियमितरुपमा अस्पतालमै राखेर उपचार गराउनुपर्ने भनेपछि खर्च जुटाउन समस्या भएको छ”

‘छोराको उपचारमा सबै सम्पति सकियो,’ जयन्तकी आमा दुर्गाले भन्नुभयो ‘उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि सहयोगी संघसंस्था, व्यक्तिसँग आग्रह गर्दछु ’

एक वर्षदेखि छोराको उपचारमा काठमाडौंमा बस्दा आर्थिक समस्याले पिरोल्न थालेको दुर्गाले बताउनुभयो । क्यान्सर पीडित छोराको उपचार गर्न नसकेर एकपटक घरमा समेत लिएर गएकी हु उहाँले भन्नुभयो ‘पानीसमेत किनेर खानुपर्छ,घरको सम्पति सबै उपचारमै सकियो ।’

२०७२ फागुन अगाडी हातखुट्टा दुख्ने, टाउको दुख्ने,ज्वरो आउने, शरिर भारी हुने लगायतका लक्षण देखा परेका थिए । यस्ता लक्षण देखा पर्दा सुरुमा घरायसी औषधी प्रयोग गरेका थिए । घरायसी औषधीले राम्रो नभएपछी जयन्तलाई स्थानिय स्वास्थ्य चौकीमा उपचारका लागी लगेका थिए । स्थानिय स्वास्थ्य चौकीमा सामान्य ज्वरो ,टाउको दुखेको औषधी दिएर पठाएपछी केही दिन त्यही औषधी सेवन गरेका थिए । स्वास्थ्य चौकीको औषधीले पनि सञ्चो भएन । जयन्तलाई औषधीले सञ्चो हुनुको सट्टा झन थला परेका थिए । छोरालाई धेरै दिन घरायसी र स्थानिय स्वास्थ्य चौकीको औषधीले सञ्चो नभएपछी डडेल्धुराको एक मेडिकलमा जाँच गराएका थिए । मेडिकलमा जाँच गर्दा रक्त क्यान्सर भएको भन्दै एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान चिकित्सकले सुझाव दिएका थिए ।

२०७२ फागुनमा काठमाडौंको कान्ति बाल अस्पतालमा जाँच गर्दा जयन्तलाई रक्त क्यान्सर भएकोपुष्टि भएको थियो ।
जयन्त कान्ति बाल अस्पतालमा पुर्याउदा स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको थियो ।
अस्पतालमा भर्ना भईसकेपछी जयन्तलाई दिसापिशाप गर्न पनि झोलामा हालेर लैजानुपर्ने बाध्यता रहेको आमा दुर्गाले बताउनुभयो । बाहिर भित्र लौजादा समेत झोलामा बोकेर गर्नुपर्ने थियो उहाँले भन्नुभयो“आजभोली केही सञ्चो भएको छ ”

छोराको ज्यान बचाउन सके मेरो जीवन नै छ उहाँले थप्नुभयो“उपचारमा आर्थिक अभाव भएको छ , बाच्ने हो कि होईन”
स्वास्थ्यमा केही सुधार भएको देखिएपनि अझै २ बर्ष नियमित अस्पतालमै बसेर उपचार गर्नुपर्ने रहेको आर्थिक स्रोत कहाँवाट जुटाउने ? आर्थिक संकलन गर्न सके छोराको ज्यान बाच्थ्यो कि ?

बैतडीको पुर्चौडीस्थित मेरो निमाविमा ८ मा पढिरहेका जयन्तले रक्त क्यान्सर हुदा गत बर्ष कक्षा ८ परिक्षा समेत दिन पाएनन् । क्यान्सर हुदा छोराको पढाई समेत भएन आमा जयन्तीले भन्नुभयो“बिरामी हुदा विद्यालय जानबाट बञ्चित भयो, परिक्षा दिन नपाएर ८ मै फेल भयो, ”

खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका बम परिवारले छोराको उपचारको लागि भारतका विभिन्न अस्पताल लगायत नेपालका अन्य अस्पतालमा समेत उपचारको क्रममा भएको जायजेथा सकिएपछि विभिन्न निकायसँग छोराको जीवन रक्षाको लागि आर्थिक सहयोगको याचना गरेका हुन् ।

जयन्तको उपचारको लागि सहयोग गर्न चाहनेले जयन्तको बुवाको नाममा नविल बैंक,कुलेश्वर, काठमाडौं शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ सहयोग गर्न परिवारले आग्रह गरेका छन् ।

अमेरिकावाट सहयोग

रक्त क्यान्सरले पीडित बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीका १४ वर्षीय जयन्त बमको उपचारको लागि अमेरिकाको टेक्सासमा बस्दैका आएका गैरआवासीय नेपालीले स्थापना गरेको सुदूरपश्चिम समाजले आर्थिक सहयोग गरेको छ ।
समाजका सदस्य प्रेमशाहीले क्यान्सर पीडित जयन्तकी आमालाई दुर्गालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको समाजकी सचिव गुड्डी भण्डारीले बताउनुभयो ।

केही महिना अघि मात्र स्थापना भएको सुदूरपश्चिम समाजले गरेको सहयोगले जयन्तको उपचारको लागि थोरै भए पनि सहयोग पुग्ने दुर्गाले बताउनुभयो । सुदूरपश्चिमको विकास, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृतिको जगेर्ना गर्न उद्देश्यले स्थापना भएको संस्थाले स्थापनाको केही महिनामा क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न पाएको खुसी लागेको सचिव भण्डारीले बताउनुभयो ।