पोल गाड्ने क्रममा करेण्ट लागेर पर्वतमा एकको मृत्यु

0
Shares

पर्वत, (नेस) । बिद्युतको पोल परिर्वतन गर्ने क्रममा करेण्ट लागेर पर्वतमा एक जनाको ज्यान गएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ का खगराज केसीको पोल परिर्वतन गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

मोदी गाउँपालिका वडा नं ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टांग्ने क्रममा अकस्मात बिद्युत प्रवाह हुँदा शनिबार बिहान केसीको घटनास्थलमा नै ज्यान गएको स्थानियबासी एकनाथ सुबेदीले जानकारी दिनुभयो  ।गाउँमा ४ दिन देखि बिद्युत अबरुद्ध  रहेको थियो । बिद्युत अबरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भएपनि  अकस्मात बिद्युत प्रबाह गरिदिएका कारण केसीले ज्यान गुमाउनु परेको हो । नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रको लापबार्ही भएको आरोप मृतकका आफन्तले लगाएका छन ।