प्रशासनको मिलेमतोमा ढुगाँजन्य बस्तुको चोरी नीकासी मौलाउँदै



नवलपरासी, ७ साउन । नवलपरासीमा नदीजन्य बस्तु ढुंगा, गिट्टी, बालुवाको जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ ।

नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहँुजसो नदीजन्य बस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन मौनछ । प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यबस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ ।

दिउँसोको समयमा भन्दा पनि रातको समयमा खोलाबाट खोलाजन्य बस्तुको चोरी निकासी हँुदै आएको स्थानीयवासीले बताएका छन् ।
अहिले तुरिया खोला, पानभार खोला, भलुही खोला, सोमनाथ खोला, रायपुरवा , केरुंगे, विनय, बौलाहा , अरुण खोलाबाट खोलाजन्य पदार्थको चोरी निकासी कार्य हुनेगरेको छ ।

यसबारे प्रहरी प्रशासन मौन छ । जिल्ला समन्वय समितिले समयमानै ठेक्का लगाउन नसक्दा नदीजन्य बस्तुको चोरी निकासी बढेको हो । यसबारे जिल्ला समन्वय समितिले यस आर्थिक वर्ष ०७४÷७५ का लागि खोलाजन्य बस्तुको जिल्ला निकासी लगायतका अन्य ठेक्काको प्रक्रिया अघि बढाएको जनाएको छ ।

नवलपरासीमा करिब २० वटा खोलामा जिल्ला समन्वय समितिले यस अगाडिका वर्षमा ठेक्का लगाउने गरेको थियो । जसमध्ये राजमार्गदेखि उत्तर तर्फका विशेषगरी दाउन्ने पूर्वका सबै खोला राष्ट्रपति चुरे तराई –मधेस संरक्षण विकास समिति अन्तर्गत चुरे क्षेत्रमा पर्ने गर्दछन् ।

नवलपरासीमा यसरी खोला नदीजन्य पदार्थको अवैध चोरी निकासी बढ्दै जाँदा बाढी पहिरो, भूक्षय, वन विनाश हुने खतरा बढ्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्