खोलाले पुल बगाउँदा बालबालिकालाई सास्ती, स्कुल पुग्न डेड घण्टा हिँड्नुपर्ने बाध्यता

0
Shares

ललित सिहं, बझाङ ।
सदरमुखकाम चैनपुर जोड्ने एक मात्र बाउली खोलामा रेहेको काठे पुल थियो तर असार २९ गते बाउली खोलामा आएको बाढीले सदरमुकामा जोड्ने काठे पुल बगाए पछि विद्यालय जाने स साना उमेरका बालबालीकाहरुलाई र सदरमुकाम आउने स्थानीयहरुलाई सास्ती भएको छ ।

बाउली खोलामा निर्माण गरेको काठे पुल बगाए पछि सुबेडा, सिमखेत, नौरा, देबलका बालबालीकाहरु र बझाङ्गको क्षेत्रनं. २ बाट आफ्रनो अफिसियल कामले चैनपुर आउने स्थानीयलाई निकै समस्या भएको जयपृथ्बी नगरपालिका ११ का खगेन्द्र खड्काले बताउनु भयो ।

खोलामा काठे पुल हुँदा स साना बालबालीकाहरु आफै विद्यलाय जान सक्थे सुबेडाकी मनु ऐडीले भन्नु भयो अहिले आफुले घरको काम सबै छोडेर आफ्नो छोरा बिकास ऐडीलार्ई विद्यालय छोड्न र लिन आउनु पर्छ ।

खोलामा काठे पुल हुँदा घर बाट ३० मिनेटमा सदरमुकाम चैनपुरमा रहेको सेती साईपाल एकेडेमी बोडीङ् स्कुलमा पुगीन्थ्यो अहीले डेड घण्टामा पुगीन्छ कहिले काँहि स्कुल लागी सकेको हुन्छ समयमा पुग्न सकीन्न ।

गत असार महीनाको ३१ गते बाउली खोलामा आएको बाढीले सदरमुकाम जोड्ने झोलुङ्गे पुल बगाए पछि केही महीना काठे पुल खोलामा हाल्ने गरेको र फेरी पानीको सतह बढेर काठे पुल खोलाले बगाउदा समस्या हुने गरेको स्थानीयको भनाई छ ।

पहिले खोलामा पुल हुँदा सिमखेत बाट सदरमुकाम चैनपुरमा रहेको सुदुरपश्चिमाञ्चल विद्या सदनमा पुग्न १५ मिनेट लाग्थ्यो । छोरा छोरी आफै विद्यालय जान्थे, खोलाले पुल पगाए पछि अहिले ४५ मिनेट लाग्छ । छोराछोरी आफै विद्यालय जान सक्दैनन्, विद्यालयमा पुर्याउन जानु पर्छ देबलका भरत खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो यती लामो बाटो छोरा छोरी एक्लै विद्यालय पठाउ भने सडकमा गाडी गुडी रहेका हुन्छन्, कती बेला दुर्घटना हुन्छ ? थाहा हुदैन निकै डर लाग्छ ।

सडकमा स साना बालबालीकाहरु हिडी रहेका बेलामा गाडी चालकहरुले समेत गाडी तिब्र गतिमा हाक्छन । झन डर लाग्छ । त्यसैले हिड्न सक्ने बालबालीका संग समेत सबैका अभिभावकहरु आ आफ्नो घरको काम छोडेर भए पनी स साना बालबालीकाहरुलाई विद्यालय पुर्याउन जाने गरेका छन्् ।

बालबालीकाहरु लामो बाटो भएका कारणले हिड्न समेत सक्दैनन् । त्यसैले बोकेरै भए पनी विद्यलाय पुर्याउनै पर्छ स्थानीय बिरेन्द्र धामीले बताउनु भयो । यहाँको स्थानिय निकाय ले भने पुल निमार्ण प्रति कुनै चासो देखाएको बिरेन्द्र धार्मीले बताए ।

बाउली खोलामा झोलुङ्गे र काठे पुल हुँदा विद्यार्थीहरु विद्यालय समय भन्दा १५÷२० मिनेट अगाडी नै विद्यलाय पुगी सक्थे । अहिले सुबेडा, नौरा, देबल, सिमखेतमा विद्यार्थीहरु समयमा कहिले पनि पुग्दैनन् सुदुरपश्चिमाञ्चल विद्या सदनकी प्रिन्सिपल सरस्वति ढुङ्गेल खत्रिले बताउनु भयो ।

विद्यार्थीहरु कक्षा कोठामा आई सके पछि पढाई सुरु गर्छौ, स साना बालबालीकाहरु कक्षा सन्चालन भएको केही समय पछि कक्षा कोठामा नै सुती दिन्छन् । सायद टाढाको बाटो हिड्दा हिड्दै थाकेर होला । पहिला राम्रो संग पढ्ने विद्यार्थी समेत अहिले कक्षा कोठामा नै सुत्छन् उहाँले बताउनु भयो ।

बाउली खोलाले झोलुङ्गे पुल बगाए पछि स साना बालबालीकाहरुको पढाई नराम्ररी प्रभावित बनेको छ प्रिन्सिपल खत्रिले भन्नु भयो ।