रोनाल्डोलाई के भयो यस्तो ? ३ सन्तानले रहर पुगेन,चौथो सन्तानका पिता बन्दै


पोर्चुगलका राष्ट्रिय टोलीका कप्तान एवं रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका पिता बन्ने भएका छन्। आफ्नी नयाँ प्रेमिका जिओर्जिना रोड्रीग्वेज गर्भवती भएको र रोनाल्डो चौथो सन्तानको पिता बन्ने कुरा पक्का भएको बिभिन्न संचारमाध्यामले उल्लेख गरेका छन् ।

केहि साताअघि मात्र सरोगेट आमाबाट जुम्ल्याहा जन्माएका रोनाल्डोको ७ वर्षका छोरा पनि छन्। पोर्चुगिज वेबसाइत ला ओट्रा क्रोनिकासंग बोल्दै रोनाल्डोले आफु हर्षित रहेको बताए। यद्दपी ३ सन्तानको पिता भएपनि उनले बालबच्चाको स्याहार सुसार गर्ने कार्यमा भने आफु अझै पोख्त नरहेको खुलासा गरे।
हाल रोनाल्डो आफ्नो भर्खरै जन्मेका जुम्ल्याहा सन्तानसँग दिनहरु बिताइरहेका छन् । उनले आफ्ना सन्तानलाई आफ्नो जिन्दगिकै नयाँ मायाहरु नाम दिंदै फेसबुक पोष्ट पनि गरेका थिए।

कन्फेडेरेसन कपमा पोर्चुगल सेमिफाइनलमा पराजित भएसँगै बिदा लिएका रोनाल्डो रियल म्याड्रिडको प्रि सिजनमा उपलब्ध हुने छैनन्।

एजेन्सीको सहयोगमा