डीएभीको फुटसल सम्पन्न


 

नेपाल समाचारपत्र
काठमाडौं
डीएभी कलेजको व्यवस्थापनका बीबीए चौथो सेमेस्टरका विद्यार्थीले आयोजना गरिएको शंकरलाल केडिया स्मृति फुटसल कप सम्पन्न भएको छ। बीबीएस चौथो वर्षको टोलीले छात्रमा टिम च्याम्पियन बनेको छ। बीबीएस पहिलो वर्ष दोस्रो र डीएभी प्लस टु तेस्रो भए। शीर्ष तीनले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गरेका थिए।
यसैगरी बीबीए चौथो सेमेस्टरले छात्रातर्फ पहिलो स्थान हात पार्यो। जसमा बीबीए दोस्रो सेमेस्टर दोस्रो र डीएभी प्लस टु तेस्रो स्थानमा रहे। शीर्ष तीनले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद हासिल गरेका थिए।