यू–१९ विश्वकप क्रिकेट छनोट, नेपालको सानदार शुरूआत


 

नेपाल समाचारपत्र
काठमाडौं
आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले सानदार शुरूआत गरेको छ।

सोमबार पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै प्रतियोगितामा सानदार शुरूआत गर्यो। बलरले घातक बलिङ गरेर पहिले नै नेपालको जितको छनक दिइसकेका थिए। सिंगापुरले मात्र ७४ रनको लक्ष्य पस्केकामा नेपालले ६ विकेटको क्षतिमा १७ दशमलव ३ ओभरमा पूरा गर्यो।

नेपालले सहज देखिएको लक्ष्य पूरा गर्न भने शीर्ष ब्याटसम्यानले निरास गरेका थिए। ओपनरद्वय सन्दीप सुनार १ रन र आसिफ शेख ४ रन बनाएर पभेलियन फर्के। त्यस्तै राम्रो लयमा देखिएका दीपेन्द्र सिंह ऐरीले पनि २ रनमै ओपनरको पथ पछइएका थिए। त्यसो त प्रनीत थापामगर एक इन्डमा राम्रै खेले। उनी तीन चौकाको सहयोगमा २३ रन बनाएर आउट भए।

चार विकेट नेपालको पतन भइसकेको अवस्थामा मध्यक्रममा अनील शाहले १९ रन र प्रकाश केसीले ६ रन जोडे। रोहितकुमार पौडेल ११ रन र पवन शराफ चार रनमा नटआउट रहेर नेपालको सुखद अन्त्य गरेका थिए। सिंगापुरका आर्यमान सुनिल र गोपीनाथ अचरले २⁄२ विकेट लिए भने रोहन रंगराजन र अंश भार्गभले १⁄१ विकेट बाँडे।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको थियो। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ रन खर्चेर ५ विकेट लिए। सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ रन जोडे भने अन्य ब्याट्सम्यान नेपाली बलरका सामु टिक्न सकेनन्।