सन्ध्यालाई डान्सको उपाधि

0
Shares

 

आस्था आर्टस् एकेडेमीले आयोजना गरेको नृत्यसम्बन्धी रियालिटी शो आई क्यान डान्सको उपाधि सन्ध्या श्रेष्ठले चुमेकी छन्। उनलाई ट्रफीका साथमा स्कुटी र १ लाख रुपियाँ नगद प्रदान गरिएको आयोजकले जानकारी गराएका छन्।

राजधानीको कमलादिस्थित नेपाप्रज्ञा प्रतिष्ठानमा भएको फाइनलमा आस्थाले दोस्रो भएकी मिङ्मा डोल्मा शेर्पाभन्दा झीनो अन्तरले बढी अंक प्राप्त गरेकी थिइन्। प्रतियोगितामा दोस्रो भएकी शेर्पालाई नगद ५१ हजार रुपियाँ र ल्यापटप प्रदान गरिएको आयोजकले जनाए। प्रतियोगितामा प्रिस्का रजौरे तेस्रो भइन्। उनले २५ हजार रुपियाँ नगद र ट्याब पाइन्। प्रतियोगिताको फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। अन्तिम प्रतिस्पर्धामा नमुना श्रेष्ठ चौथो, रुबिना नकर्मी पाँचौं र राज मगर छैटौं भए।

अन्तिम प्रतिस्पर्धामा छानिएका प्रतियोगितहरूको मूल्यांकन उनीहरूले पाएको जनमत र ५० प्रतिशत निर्णायकको अंकको आधारमा गरिएको थियो। अन्तिम प्रतिस्पर्धामा अभिनेतृ मिथिला शर्माका साथमा सागर लोप्चन, सुजित श्रेष्ठ, प्रेम श्रेष्ठलगायत निर्णायक थिए। कार्यक्रममा प्रतियोगीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। साथमा राजेशपायराई र मीना निरौलाले पनि सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि फिल्म निर्माता महेन्द्रकुमार पौडे(रमेश) ले प्रथम भएकी सन्ध्यालाई आफ्नो फिल्ममा काम गर्ने मौका दिने उद्घोष गरे।