संगीतमा कुलकुल

0
Shares

 

गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीति अडियो एल्बम कुलकुलको राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतकार रत्नशमशेर थापाले सार्वजनिक गरेका छन्।

कार्यक्रममा गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीलगायतले सार्वजनिक एल्बम र त्यसका गीत संगीतबारे चर्चा गरेका थिए। प्रमुख अतिथि गीतकार रत्नशमशेर थापाले गायक भट्टराई राम्रो प्रतिभा भएको उल्लेख गर्दै गीतकार शिवकोटीका शब्दहरूमा पनि फरकपन पाएको बताए।

एल्बमभित्र कुलकुल, आज फेरि, तिमीलाई नदेख्दा, आज फेरि बोलका ३ गीत संगृहित छन्। जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत दिएका छन्। एल्बमको शीर्ष गीत कुल कुलमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। जसमा विनोद न्यौपाने र वर्षा राउतले मोडलिङ गरेका छन्