सलिम अन्सारी, प्युठान ।
प्युठानका तिन उद्यमी पुरष्कृत भएका छन् । जिल्ला युवा समितिको युवा प्रतिभा, उद्यमीको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्र्तगत उनीहरु पुरष्कृत भएका हुन ।
युवाहरुलाइ व्यबसाय मार्फत स्वाभिमानी,स्वालम्बी र आत्मनिर्भर बन्न प्रेरणा जगाउँदै लघु,घरेलु तथा साना उद्योग प्रबर्द्धनमा योगदान पुर्याउने जिल्लाको गौमुखी गाउँपालिका–४ स्थित चाउमिन उद्यमी रिम बहादुर कवर, प्युठान नगरपालिका–३ स्थित ग्रिल उद्यमी कृष्ण खड्का र प्युठान नगरपालिका–७ स्थित कृषि उद्यमी गिर बहादुर केसी पुरष्किृत भएका हुन । जिल्ला युवा समितीको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार यी उद्यमिलाइ पुरुष्कृत गरिएको हो।
पुरष्कृत कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुरष्कृत व्यवसायीहरुलाई उद्योग फस्टाउनको लागि उर्जाशिल भएर लाग्न आग्रह गरे । साथै व्यवसायीहरुले उत्पादनमा समेत ध्यान दिन आवश्यक रहेको वताए ।
जिल्ला युवा समितिको कार्यालयका अध्यक्ष नेगन सिंह कवरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल, प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठोर, राजनीति दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।











प्रतिक्रिया