दरबारमार्गमा बेलायती गायकको कन्सर्ट

0
Shares

बेलायती गायक जे सन राजधानीमा कन्सर्टका साथ प्रस्तुत भएका छन्। कन्सर्टका लागि गत मंगलबार बेलुका काठमाडौं आएका उनी बुधबार मध्यरातमा राजधानीको दरबारमार्गस्थित डेजा भुङ क्लबमा प्रस्तुत भएका थिए।

हजारौं दर्शकका बीच भएको कन्सर्टमा जे सनले मेक माई लभ, स्टोलन, डाउन डाउन, आइ एम अल योर्स, राइड इट, डान्स विद यु, स्टे, ह्वेर यु डु गो, लाइक दिस लाइक द्याटलगायत आप्ना लोकप्रिय डेढ दर्जन गीत सुनाएर दर्शक तताएका थिए। कन्सर्टमा उनले २ घण्टासम्म आप्mना गीत संगीत प्रस्तुत गरेका थिए।

कन्सर्टका क्रममा राति ९ बजेदेखि उनका प्रशंसक उनकै गीतको डिजेइङमा करिब तीन घन्टासम्म नाचेका थिए। उनी भने रातको १२ बजे कार्यक्रममा प्रस्तुत भएका थिए। कार्यक्रममा पूर्वयुवराज पारश शाहसमेत सहभागी भएका थिए।

युहान इन्टरनेसनलले ब्ल्याक रिलिजन संगीतिक शृंखलाअन्तर्गत जे सनलाई राजधानीको कन्सर्टमा प्रस्तुत गरेको हो।