गरिवी निवारण कार्यक्रममा सञ्चारकर्मीहरुले गरे सहयोग

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।

महोत्तरीमा गरिवी निवारण कोष अन्तर्गत गरिवी निवारण कार्यक्रम संचालन गर्दै आएका पाँच साझेदार संस्थाले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा महोत्तरीका सञ्चारकर्मीहरुले आफुहरुले पाउने यातायात खर्च गरिवी निवारण कार्यक्रमका साझेदार संस्थाहरुलाई नै हस्तान्तरण गरि सहयोग गरेको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाकक्षमा आयोजित कार्यक्रममा महोत्तरीका सञ्चारकर्मीहरुले गरिवी निवारणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ सो रकम सहयोग गरेका छन ।

 

यता गोष्ठीमा उपस्थित गरिवी निवारण कोषका महोत्तरी प्रतिनिधी जगदिश सुवेदीले यस वर्ष मात्र पाँच वटा संस्थाले गरिवी निवारण सम्बन्धी कार्यक्रम पाएको बताए । गरिवी निवारण सम्बन्धी कार्यक्रम सुरु भएको आ.ब. २०६३÷०६४ मा जम्मा १२ वटा साझेदार संस्थाहरुले कार्यक्रम पाएका थिए भने गत आ.ब.मा जम्मा ९ वटा साझेदारी संस्थाले मात्र कार्यक्रम पाउन सफल भएको जानकारी गराए ।

 

महोत्तरी जिल्लाको ४४ वटा गाविसमा गरिवी निवारणका विभिन्न कार्यक्रम गर्दै आएको साझेदार संस्थाहरुले अहिलेसम्म समिक्षा गोष्ठीमा सञ्चारकर्मी तथा सहभागीहरुलाई आफ्नो प्रगति विवरण सम्बन्धी कुनै पनि दस्तावेज नदिएको सहभागीहरुले बताए ।

महोत्तरी जिल्लामा यस आ.ब. मा सामुदायिक ग्रामिण विकास सेवा परिषद, महिला सचेतना समुह, रतौली युवा क्लव, जनउत्थान प्रतिष्ठान, र स्थानिय विकास कोषले गरिवी निवारण सम्बन्धि कार्यक्रम गरेका छन ।

सो कार्यक्रम जिल्ला समन्वय समिति महोत्तरीका कार्यक्रम संयोजक शैलेन्द्र पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।