एक नाबालकको शव फेला

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी
महोत्तरीको मनरा गाउँपालिका २ मा एक नाबालकको शव फेला परेको छ ।

शव नाबालक मनरा गाउँपालिका ईटहर्वाकट्टि २ बस्ने मुकेश पण्डितका छोरा कुनाल बाबु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नाबालक बाबु पण्डित बुधबार साँझ आफ्नो घरबाट साथीहरुसंग खेल्नको लागि घरबाट निस्केको उनका परिवारजनले बताएको छ ।

उनी अबेर रातिसम्म घर नपुग्दा खोजतलास गर्दा घर नजिकै रहेको खेतमा जमेको पानीमा आफ्नो छोराको शव देखेपछि आफू प्रहरीलाई खबर गरेर सो घटनाबारे जानकारी दिए ।
यता घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।