चार दिनदेखी जयपृथ्वी राजमार्ग अबरुद्ध, जिल्ला भरको यातायात सञ्जाल विच्छेद हुँदा पनि कसैको ध्यान गएन

0
Shares

ललित सिहं, बझाङ ।
बझाङलाई अन्य जिल्ला संग जोड्ने एकमात्र जयपृथ्वी राजमार्ग पहिरोका कारण अबरुद्ध भएको छ आईतबार देखी परेको लगातार बर्षका कारण मंगलबार मध्यराती राजमार्गको विभिन्न स्थानमा पहिरो खसे पछि यातायात पुर्ण रुपमा अबरुद्ध हुन पुगेको हो ।

तमैल बजार नजीकै रहेको जाल्याबगरमा सबै भन्दा ठुलो पहिरो खसेको छ । भने यस्तै तमैल बजार भन्दा माथी रहेको माल्ला लाग्ने भिरमा माथी बाट आएको पहीरोले पुरै सडक नै भाँसिएको छ । सो सड्क सुचारु गर्न अझै समय लाग्ने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने ‘यसबाहेक मटेला, देउरा, बगडगांउ लगायत थुप्रै ठांउमा शाखा सडक बाट बगेर आएको हिलो राजमार्गमा थुप्रिएको छ । विभिन्न ठांउमा गाडीहरु फसेका छन’ ।

सडक अबरुद्ध भए पछि बझाङ बाट काठमान्डौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा तथा बाहीरी जिल्लाका लागी छुट्ने सबै सवारीका साधनहरु बसपार्क,तमैल बजारमा नै थन्कीएका छन् । त्यस तर्फ यात्रा गर्ने तयारीमा रहेका यात्रुहरु ठाउँठाउँमा अलपत्र परेका छन् । यातायात सुचारु नभए पछि अस्पतालले रिफर गरेका विरामीहरुलाई निकै समस्या भैरहेको जयपृथ्बी नगरपालिका ४ का नरेन्द्रजंग खातीले बताए ।

उनले भनआज ४ दिन देखी बाटो खुलेको छैन । केही सिकिस्त विरामीका आफन्तहरुले महंगो पैसा तिरेर विरामी लाई मान्छे बाट बोकाएर भए पनि गाडी पाउने ठांउ सम्म पुर्याउन खोजिरहेका छन् । पैसा नहुने हरुलाई निकै समस्या भएको छ’ । बाटो अबरुद्ध भए पछि कतिपय यात्रुहरु एक दुइ दिन हिडेरै भए पनि गाडी पाउने ठांउ तर्फ जान थालेको उनले बताए ।

पहिरोका कारण जिल्लाको आन्तरिक यातायात संजाल पनि विच्छेद भएको छ । विभिन्न ठाउँमा पहिरो खसेर सडक विग्रिए पछि जिल्ला भरका सबै जसो शाखा सडकहरु पनि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैनपुर मयाना, छविस मेल्लेख, सुर्मा दौलीचौर, विजगडा बुङ्गल, चैनपुर तल्कोटर खप्तड छान्ना सडक लगायतका शाखा सडकमा पनि चार दिन देखी यातायात संचालन हुन सकेको छैन ।

जिल्लाका विभिन्न ठांउमा पुर्याउनका लागी धनगढी, महेन्द्रनगर र नेपालगंज बाट औषधी खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरु बोकेका गाडिहरु पनि बैतडीको खोड्पे देखी बझाङको भाडेबजार सम्म विभिन्न ठाउँमा रोकिएको कर्णाली रिर्भर साईड बस ना ४ ५ ख ६७३५ नं.का चालक रण धार्मीले बताए ।

हप्ता दिन पुग्न लाग्यो यातायात बन्द हुदाँ सदरमुकाम चैनपुर लगायतका जिल्लाका विभिन्न बजारमा तरकारी र फलफुलको अभाव हुन थालेको छ । छिटो यातायात सुचारु हुन नसके खाद्यान्न र औसधीहरुको पनि अभाव हुने व्यापारीहरुले बताएका छन ।
लगातार पानी परिहरहेको र पहिरो पन्छाउन पर्याप्त मात्रामा डोजर नभएका कारण बाटो खुलाउन समस्या भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै केही ठाउँमा पहिरोले सडक नै भत्काएकोले सडक पुन सुचारु हुने बारेमा यकिन गर्न नसकिने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । ‘प्रयास गरिरहेका छौ कहिले खुल्छ भनेर यसै भन्न सकिन्न । एक दुइ दिन अझै लाग्न सक्ने उहाँको अनुमान छ ।

जयपृथ्वी राजमार्गको समानान्तर हुने गरी निमार्ण गरिएका शाखा सडकका कारण बर्खायाममा समस्या हुने गरेको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए । उनले राजमार्ग कार्यालय संग कुनै सल्लाह नगरी बनाइएका सडकहरुबाट खसेको माटो र पहिरोका कारण राजमार्गको अवरुद्ध हुने गरेको खनालको भनाई छ ।