मन्त्रीपरिषदद्वारा राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त



काठमाडौं । सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको मन्त्री परिषद कार्यालयले नेपाल समाचार पत्रलाई जानकारी दिएको छ । ।

आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक ९एडिबी० को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँमा नयाँ मुख्य सचिव नियुक्त गरेको हो।

क्षेत्री कानुनसेवाबाट प्रशासनमा आएका हुन्।

मुख्य सचिवको प्रतिस्पर्धामा क्षेत्रीसँगै राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, अर्थसचिव शान्तराज सुवेदी, शिक्षासचिव शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटनसचिव शंकर अधिकारी थिए।

प्रतिक्रिया दिनुहोस्