सुर सन्ध्यामा सुरेन्द्र

0
Shares

 

गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको सांगीतिक एकल साँझ सुर सन्ध्या सम्पन्न भएको छ। सुर मेलोडी स्टुडियोको आयोजनामा ठमेलको थर्ड आई थियटरमा भएको एकल साँझमा गायक श्रेष्ठले आफ्ना तथा अन्य गायकहरुको गीतहरु प्रस्तुत गरेका थिए।

एकल साँझमा गुरू वन्दनाका साथमा गायक श्रेष्ठले आफ्ना गीतहरु बिहानीको शीत, तिम्रो हाँसोको पासो, केश फुलेको, म रुँदा, सदावहार गीतहरुको संगालो, मन मात्र साटौं प्रिय, जानिन सक्नु जीवनको रीत, हेरौं हेरौं लाग्छ कति, दुनियाँ यो अजीव प्रस्तुत गरेका थिए।

कार्यक्रममा रामेश श्रेष्ठ, रायन श्रेष्ठ, केशवराज राज भण्डारी, रमना श्रेष्ठ, ज्ञानुराधा गोर्खाली, जुजुकाजी रञ्जित, आनन्दरत्न वज्राचार्य, सरिता शाहीलगायत सहभागी थिए।

गायक श्रेष्ठ दुई दशकदेखि संगीत क्षेत्रमा सक्रिय छन्। ३ दर्जनभन्दा बढी गीतमा स्वर दिएका श्रेष्ठले २ सयभन्दा बढी गीतमा संगीत तथा ४ सयभन्दा बढी गीतमा एरेन्ज गरेका छन्। संगीतमा स्नाकोत्तर गरेका श्रेष्ठ संगीत प्रशिक्षक पनि हुन्। कार्यक्रम सञ्चारकर्मी सचिता बुढाथोकीले सञ्चालन गरेकी थिइन्।