जंगली च्याउ खाँदा आमाछोरा गम्भीर

0
Shares

उर्लाबारी (मोरङ), २८ असार । मोरङको उर्लाबारी नगरपालिका– १ स्थित थापाडाँगीमा जंगली च्याउ खाएर आज बिहान आमाछोरा गम्भीर बिरामी परेका छन् ।

बिहान १०ः४५ बजेतिर जंगली च्याउ खाएर २२ वर्षीया ऋतिका लिम्बू र उहाँको दुई वर्षीय छोरासमेत आमाको दूध खाँदा बिरामी परेका हुन् । च्याउ खाएर गम्भीर बिरामी आमाछोरालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इप्रका उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । रासस