तानसेनमा जीपसँगै वेपत्ता भएका तीन जनाको शव फेला, एकको खोजी जारी



नेपाल समाचारपत्र, पाल्पा ।
आइतवार राती तानसेन नगरपालिका ९ र माथागढी ३ को वीचमा पर्ने अम्लिहानमा वाढीसँगै वगेको जीपमा सवार भइ वेपत्ता भएका चार जनामध्ये तीन जनाको शव तीन दिन पछि वुधवार फेला परेको छ । आइतवार राती करिव १ः ३० वजे पाल्पा माडी फाँटमा बगेको तिनाउँखोलाले लु १ ज १२१७ नम्वरको जिप बगाउदा ४ जना वेपत्ता भएका थिए भने एक जनाको जीवितै उद्धार गरिएको थियो ।

बेपत्ता भएका मध्ये तानसेन १ भुसालडाडा की २९ बर्षिय उषा श्रेष्ठ, बगनासकाली गाउँपालिका वडा नंं ३ नायरका ४० बर्षिय पदम बहादुर कुवँर, उनको श्रीमती ४० बर्षिया माया गाहाको शव वुधवार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वेपत्ता मध्ये माथागढी गाउँपालिका वडा नं. १ चिदिपानीका ५१ बर्षिय तिलबहादुर गाहाको वारेमा खोजी भेैरहेको प्रहरीले जनाएको छ ।

 

वेपत्ता भएका मध्ये मायाको शव जोरधारा चर्चरे नया वजार नजिकै भेटिएको र अन्य दुइको शव रुपन्देहीको मर्चवार नजिकै तिनाउ नदीमा फेला परेको जिप्रका पाल्पाका प्रहरी नायव उपरीक्षक रमेशराज पण्डितले वताउनु भयो । यस अघि मंगलवार दिउसो वाढीले वगाएको जीप दुर्घटना स्थल नजिकै फेला पारिएको थियो ।

 

जीप आउदै गर्दा एक्कासी स्टार्ट वन्द भएपछि फोन मार्फत आफन्त र प्रहरीलाई खवर गरिएको थियो । जिपका चालक तानसेन १ भुसालडाडाका शक्ति श्रेष्ठ लाई निजको दाजु सम्पुर्ण श्रेष्ठ सहितका स्थानीयले डोरीले तानेर उद्धार गरेका थिए ।

दुर्घटना पछि दुइदिन लगातार खोजीमा लागेको प्रहरी र स्थानीयको प्रयास लगातारको वर्षा र खोलामा वाढी भएका कारण संभव भएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्