पाँच युवा उद्यमी सम्मानित

0
Shares

भक्तपुर, (नेस) ।
जिल्लास्तरका युवा प्रतिभा तथा उद्यमीहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति भक्तपुरले सञ्चारकर्मी सोम शर्मा (बजगाईं) सहित जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत ५ युवा उद्यमीलाईनगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमासञ्चार क्षेत्रबाट पत्रकारसोम शर्मा (बजगाईं), खेल क्षेत्रबाट राष्ट्रिय धावक कृष्णश्वरी सिन्तकल, साहित्यबाट साहित्यकार श्यामकृष्ण खुलीमुली, योग अभियन्ता विकास बज्राचार्य र उद्यमशिलतार रोजगारीतर्फबाट संस्थागत रुपमा भक्तपुर घरेलु तथासाना उद्योग संघ रहेका छन् । उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र राष्ट्रिय युवा परिषद्का उपसचिव धु्रवराज पौडेलले सम्मान गरे ।

सम्मान कार्यक्रममा युवा समितिले ‘समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ बिषयमा आयोजना भएका बतृत्वकला प्रतियोगिताका बिजयीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतियोगितामा प्रथम हुने मोर्डन कलेजका बल्सला एस राजधामीले ४ हजार रुपैयाँ, द्धितिय हुने सैनिक आवासिय महाविद्यालयका क्षितिज बैद्यले ३ हजार, तृतिय हुने काठमाडौं स्कुल अफ ल का रक्षा खनालले २ हजार र जनप्रेमी कलेजका साम्भवी अधिकारीले १ हजार रुपैयाँ सहित सान्वना पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा प्रजिअ पोखरेलले सरकारले युवालाई रोजगारी सिर्जना गर्ने र उद्यमशिलता विकास गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रमले युवा विदेश पलायल रोक्न मद्दत पुगेको बताए ।

 

परिषद्का उपसचिव पौडेलले युवाहरुको क्षमता अभिबृद्धी अन्र्तगत तालिम समेत प्रदान युवालाई स्वरोजगार बन्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । युवा समिति भक्तपुरका प्रमुख पद्मराज जोशी,गैसस महासंघका अध्यक्ष बालमुकुन्द सुवाल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले युवालाई उद्यमशील सिप विकास गराई स्वरोजगार र रोजगारीको अवसर सिर्जना गर्न सरकारले रणनीतिक योजना बनाई कार्य गर्नुपर्नेमा जोड दिए ।