बहुविवाहविरुद्ध उजुरी, बालविवाहमा बेवास्ता

0
Shares

हेटौंडा, (नेस) । मकवानपुरमा बाल र बहु दुबै प्रकारका विवाह भइरहेका पाइन्छन् । यी दुबै विवाह कानुनले बर्जित गरेको छ । कानुनले नदिए पनि लुकीछिपी वा थाहै नदिएर हुने गरेका यस्ता विवाहबारे केहीले उजुरी गर्ने गरेको त केहीले वास्ता नै गर्ने नगरेको पाइएको छ । बालविवाह अभिभावक आफैंले गरिदिने भएकाले आफैं उजुरी गर्ने त कुरै भएन ।

मकवानपुर प्रहरीको तथ्यांकले पनि यही देखाउ“छ । तर, बहुविवाह गर्दा भने आफ्नै परिवारका सदस्यको मञ्जुरी कम हुने भएकोले यस्तो विवाहबारे भने प्रहरीमा उजुरी पर्ने गरेको देखिन्छ । चालु आर्थिक वर्ष २०७३÷०७४ को पछिल्लो ६ महिनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बहुविवाहका १३ मुद्दा दर्ता भए । मंसिरदेखि असार २० गतेसम्मको तथ्यांक हो यो । मंसिरमा ३, पुसमा १, माघमा २, फागुनमा ३, चैतमा १, वैशाखमा १, जेठमा १ र असारमा १ वटा बहुविवाहका मुद्धा दर्ता भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।  मकवानपुरका ग्रामीण क्षेत्रमा बालविवाह कायम छ ।

बालबालिकाका लागि योजना बनाइ“दा बालविवाह न्यूनीकरण गर्न सघाउ पुग्ने खालका कार्यक्रम बनाइने गरिएका छन् । राइगाउ“, बेतिनी, पदमपोखरी र चुरियामाईलगायत क्षेत्रमा बालविवाह हुने गरेका कारण यसलाई रोक्न सघाउ पुगोस् भनेर स्थानीय बाल संरक्षण समितिले वार्षिक कार्ययोजनामा नै बालविवाहविरुद्घ जागरणमूलक कार्यक्रम गर्ने गरेका छन् । ग्रामीण क्षेत्रमा अभिभावकका कारण वा आफूखुसी बालविवाह भइरहेको पाइन्छ । तर, प्रहरीमा बालविवाहविरुद्घ उजुरी भने खासै पर्दैन । आर्थिक वर्ष २०७३÷०७४ को मंसिरदेखि असार २० गतेसम्मको तथ्यांक हेर्ने हो वैशाखमा एउटा बालविवाहको उजुरी परेको छ । यसबाट बुझ्न सकिन्छ कि गाउ“गाउ“मा भइरहेका बालविवाहबारे सम्बन्धित निकाय पूरै बेखबर छ । मानिसहरु शिक्षित भएका कारण बालविवाह घटेको र उजुरी नपरेको प्रहरी तर्क छ । प्रहरीको यो तर्क त्यतिबेला मिल्दैन, जतिबेला बिकट गाउ“ पुग्दा बालविवाह गरेका किशोरी आमा भेटिन्छन् ।

‘मकवानपुरका गाउ“मा सामाजिक काम गर्न पुग्दा बालबालिकाको विवाह भएको देखिएको छ,’ बालअधिकारका क्षेत्रमा क्रियाशील बालकल्याण समाज मकवानपुरका सामाजिक कार्यकर्ता नकुल चौलागाईं भन्छन्–ग्रामीण क्षेत्रमा आफूखुसी विवाह गर्ने बालबालिका भेटिन्छन् । उनी भन्छन्–जानी÷नजानी कलिलो उमेरमा विवाह गरेका उनीहरुले के सही के गलत छुट्याउन सक्दैनन् । दुःख पाउ“छौ भनेर सल्लाह दिने पनि खासै कोही हुन्नन् ।

अभिभावकको करकापमा होस् वा आफूखुसी, जसरी गरे पनि बालविवाह समाजको एउटा सामाजिक समस्या भएकोले बालअधिकारका क्षेत्रमा क्षेत्रमा क्रियाशील संस्थाले जागरणका कामहरु गर्नुपर्ने जिल्ला बालकल्याण समिति मकवानपुरका सूचना अधिकृत रवि हमाल बताउ“छन् । उनी भन्छन्– बालविवाह भइसकेपछि पनि जे भयो भयो अब किन चासो भन्ने कुराले पनि समाजमा बालविवाह नरोकिएको हो । पछिल्लो समय प्रहरीमा बालविवाहको उजुरी नपर्नुका कारण पनि समाजको यही बेवास्ताको कारण हुनसक्ने उनको भनाइ छ ।

मकवानपुरका धार्मिक अगुवाहरुले आगामी दिनमा विवाहको लगन जुराउन, साइत हेर्न, विवाहको कुरा टुंगो लगाउन आपूmहरुस“ग सल्लाह लिन आउ“दा विवाह हुन लागेका केटाकेटीको उमेर प्रमाण कागज हेरेर कानुनबमोजिम उमेर पुगेको पुष्टि भएमात्र विवाह गराउने, उमेर नपुगेको पाइए विवाह रोक्नेतर्फ लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  धर्मका पुजारी÷पुरोहितहरुले विवाहका लागि आप्mनो सम्पर्कमा आउनेहरुलाई बालविवाहबारे सचेत गराउने, बालविवाह गर्न÷गराउने कार्यमा आप्mनो सहभागिता शून्य हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।