सलमान ट्युबलाइटलाई ५५ करोड क्षतिपूर्ति तिर्दै

0
Shares

 

बलिउड नायक सलमान खानले ट्युबलाइट फ्लप भएपछि क्षतिपूर्ति तिर्ने भएका छन्। उनको फिल्म ट्युबलाइटले रिलिजपूर्व बलिउडको सबै रेकर्डलाई तोड्न सक्ने आँकलन गरिएको थियो।

यहाँसम्म कि बाहुबली–२ लाई पनि टक्कर दिने अनुमान गरिएको थियो। तर, फिल्मले सोचेभन्दा विपरीतको परिणाम देखाइदियो। यसले व्यापार गर्न सकेन र फ्लप भयो। फलस्वरूप फिल्मका वितरकहरुलाई पनि ठूलो धक्का लाग्यो।

भारतीय सञ्चारमाध्यमका अनुसार वितरकहरु के भन्छन् भने उक्त फिल्मका कारण उनीहरुलाई निकै घाटा भएको छ। जसको क्षतिपूर्ति सलमान खानले तिर्नुपर्छ। सलमान भने यसका लागि पनि तयार भइसकेका छन्। सूत्रलाई उद्धृत गर्दै भारतीय समाचारमा जनाइएअनुसार सलमान आफ्ना फिल्मका वितरकहरुलाई ५५ करोड क्षतिपूर्ति तिर्न तयार भएका छन्।

फिल्मले घाटा हुनबाट बच्न कम्तिमा २ सय करोड माथिको व्यापार गर्नुपर्ने थियो। तर, यसले १ सय ५० करोड माथिको आँकडा पूरा गर्न सकेन।