केटीका फलोअर्स १० करोड

0
Shares

अमेरिकन पपस्टार केटी पेरी ट्वीटरमा सबैभन्दा बढी फलोअर्स हुने पहिलो हस्ती बनेकी छिन्। हाल उनको ट्वीटर अकाउन्टमा १० करोड फलोअर्स रहेका छन्।

उनी १० करोड फलोअर्स पुग्नुअघि पनि उनी ट्वीटरमा सबैभन्दा बढी फलो हुने सेलिब्रेटीमा पर्थिन्। केही समयअघि उनको नयाँ एल्बम विटनेससँग सम्बन्धित अफिसियल ट्वीटरको एक पोस्टमा लेखिएको थियो– ‘आज हामी इतिहासको साक्षी बनेका छौं। केटी पेरीलाई बधाई, उनको फ्यानको संख्या १० करोड पुगेका छन्।’

रिपोर्टअनुसार उक्त ट्वीटरमा उनलाई बधाई दिँदै एक क्लिप पनि शेयर गरिएको छ। जस्मा केटीको केही ट्वीट पनि छन्। पेरी सन् २००९ देखि ट्वीटरमा जोडिएकी हुन्। त्यति बेलादेखि नै उनी ट्वीटरमा निकै सक्रिय छिन्। सन् २०१२ मा उनको फलोअर्सको संख्या ५ करोड पुगेको थियो।