रमेश र सुनीताले ल्याए हङकङको चुरा

0
Shares

हिन्दु महिलाको विशेष चाड हरितालिका तीजको अवसरमा हरेक वर्ष दर्जनौं गीत तयार हुन्छन्। तीमध्ये हरेक वर्ष थोरै गीत चल्छन् र धेरै गीत खेर जान्छन्। तैपनि तीज गीत बन्न भने छोड्दैन। यस वर्ष त तीजको ३ महिनाअगाडि देखि यससम्बन्धी गीत तयार भई बजारमा आएका छन्।

यसै क्रममा हरेक तीजमा मन छुने तीज गीत पस्कने गायिका तथा मोडल सुनीता गुरुङले पनि नजिकिँदै गएको तीजलाई लक्षित गर्दै तीज गीत तयार पारेकी छिन्। हरेक वर्षको तीजलाई उपयोगी तीज गीत दिँदै आएकी उनका तीज गीतहरु चल्दै पनि आएका छन्। यसपालिको उनको तीज गीत पनि चल्ने आशा गरिएको छ। यसपालि भने गायिका गुरुङले गायक तथा संगीतकार रमेशराज भट्टराईका साथ युगल तीज गीत गाएकी छिन्।

गीतमा रमेशले गाएका छन्
भन सानु तिम्रो मन गाछ कुन–कुन चिजमा
तिमलाई खुसी बनाउँछु म यसपालिको तीजमा
यसै हो र म आज बजार झरेको
किन पीर गरेको तिमलाई मन परेको
किन्दिउँला रातो चोलो बुट्टा भरेको
हङकङको चुरा लाउली हङकङको सारी
त्यसको जवाफमा गीतमै सुनीताले भाका हालेकी छिन्
हिँड बुढा आज पहिला विशाल बजार
यसपालि त सबै कुरा किन्छु छानी–छानी।

लय र शब्द रमेशराज भट्टराईको रहेको यो तीज गीतलाई म्युजिक भिडियोमा उतारिएको छ। राजधानीको एक सानदार पार्टी प्यालेसका साथ शहर बजारमा खिचिएको म्युजिक भिडियोमा मोडल विकास फिरोज र गायिका गुरुङले नृत्य गरेका छन् भने शिवहरि पौडेल र निरू खड्काले अभिनय गरेका छन्। छायांकन नवराज उप्रेती र सम्पादन विष्णुहरि तिमल्सिनाको रहेको छ। निर्भाना कला केन्द्रले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन्।