मृत्युको कल्पनामा गीत

0
Shares

पत्रकार तथा गीतकार बलराम प्यासीको रचना र रामकृष्ण ढकालको स्वरमा अलग धारको गीत साच्ची म मर्दा को को रोलान् तयार भएको छ। प्यासीले यसअघि बालगीत लेखेका थिए।
‘यो गीत अलग धारमा मन छुने खालको छ। यो गीत गाउँदा म आफैं भावनामा डुबेको पत्तै भएन’ –अशिर्वाद, आशा, आरोह, आग्रह, आधार, आश्रय, आगमन, मेरो साथीलगायत करिब एक दर्जन गीति अडियो एल्बम निकालिसकेका स्वरसम्राट नारायण गोपालको स्वरका प्रतिबिम्ब गायक ढकालले भने।

जन्मेपछि सबैले एकपटक मर्नै पर्ने वास्तविकतालाई आत्मसात् गर्दै पत्रकार प्यासीले आफू मर्दा घर–परिवार र समाजमा कस्तो प्रतिक्रिया देखिएला भन्ने परिकल्पना गरेर गीत रचेको बताए। नेपाल स्काउटका मध्यमाञ्चल क्षेत्रीय आयुक्त रहेका आफ्ना स्काउट मित्र मणी मल्लको मृत्यु भएको २०७३ चैत १९ गते राती आफूले त्यसको परिकल्पना गर्दै उक्त गीत लेखेको उनले बताए।
गीतमा संगीतकार गोपाल अधिकारीको संगीत रहेको छ।