नेदरल्यान्डमा फहरायो नेपालको झण्डा

0
Shares

मौलिक नृत्यले सहभागी मोहित
नेदरल्यान्डको वार्फममा सम्पन्न ५२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालका तर्फबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपले आफ्नो देशको मौलिक पहिरन र नृत्य प्रस्तुत गरेको छ।

दौरा सुरुवाल र ढाका टोपीका साथै गुन्यु चोलीमा सजिएर सो गु्रपका कलाकार टोलीले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा बोकेर स्टेजमा उक्लिँदा दसौं हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाएको थियो।

१६ राष्ट्रको सहभागिता रहेको मेलामा नेपालको तर्फबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो। ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको संयोजन तथा निर्देशकहरु शीतल आचार्य (सीता) र मिरज कोइरालाको अगुवाईमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुति प्रस्तुत गरी सबैको मन जितेको थियो। मेलमा ग्रुपका कलाकारहरुले झ्याउरे, तामाङ, झोडा, सतार, सेब्रु, धिमल सोरठीका साथै दर्जनौं नृत्यहरु प्रस्तुत गरी सहभागीलाई मोहित बनाएका थिए।

मेलामा सपना महर्जन, सिम्रन शाही, प्रमिल रिजाल, अनीता अधिकारी, एलिना राई, अनित थापा मगर, प्रियान्क मगर, शम्भु शाही, कृष्ण रेउले, रूपिन डंगोल, उदिराम खड्का, माइकल मगर, प्रकाश न्यौपाने, वसुदेव भट्टले नृत्य प्रस्तुत गरेका थिए। त्यसै गरी वाद्यवादन तथा गायनमा बाँसुरीवादक रामबहादुर भुजेल, वाद्यवादक धनेश्वर तिवारी, गायक दुर्गा रायमाझी, रामप्रसाद पाण्डे, वीरबहादुर मगर, कृष्णकाजी डंगोल, गायिका रीता बुढाथोकी भुजेल प्रस्तुत भएका थिए।

सोही अवसरमा ग्रुपका निर्देशकद्वय शीतल आचार्य (सीता) तथा मिराज कोइरालाले वार्फम नगरपालिका प्रमुख, कार्यक्रम आयोजक तथा सहभागीहरुसँग भेटी नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने र भविष्यमा यससम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने जानकारी गराएका थिए।