चण्डिका मिस एसईई

0
Shares

 

मिस एसईई २०१७ को ताज चण्डिका थापा मगरले पहिरिएकी छन्। सेन्टर मिडिया प्वाइन्टले राजधानीमा आयोजना गरेको छैटौं संस्करणको यो प्रतियोगितामा चण्डिका १७ प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी हुन्।

प्रतियोगितामा स्नेहा वाइबा फस्ट र कल्पना बुढामगर सेकेन्ड रनर्सअप र भएका छन्। प्रतीक्षा सुवेदी मिस लिडरसिप, प्रन्ना राई बेस्ट हेयर, कोपिला अधिकारी बेस्ट स्माइल र श्रुति थापा क्षत्री मिस सोसल वर्क भए। १८ जना युवतीले अन्तिम स्पर्धामा सहभागी जनाएको कार्यक्रममा मञ्जिता श्रेष्ठ मिस बब्ली, सेलिमी राई भिवर्स च्वाइस, श्रीषा खाती बेस्ट वाक, प्रियंका बुढाथोकी मिस पंचुअल, स्नेहा वाइबा फोटो जेनिक, अनिशा गुरुङ मिस पपुलर, मेलिना राई बेस्ट ड्रेस, इच्छा लिम्बु बेस्ट कम्फिडेन्ट, अनु थिङ पर्सनालिटी, सिरपा हाडा मिस डिसिप्लिन, प्रजिता मोक्तन मिस फ्रेन्डसिप, बिभु हुमागार्इं मिस ट्यालेन्ट र कल्पना बुढामगर हाइस्कोर घोषित भए।

प्रतियोगितामा मिस तामाङ २०१६ उर्मिला लामा, मिस एसएलसी २०१५ वर्षा महर्जन, साइपल एकेडेमीका निरञ्जन चापागार्इं, तेजविक्रम शाही र सिटिभी मोबाइलका किसन राई अलाइभ ग्लाइडर निर्णायक थिए।