श्रद्धा र आयुषको रोमान्स

0
Shares

 

तुलसी घिमिरेको पछिल्लो फिल्म दर्पण छाया २ बाट रजतपटमा देखिएकी नायिका एवं मोडल श्रद्धा प्रसाईंले मोडल आयुष रेग्मीसँग रोमान्स गरेकी छिन्। श्रद्धाले किन किन बोलको एक गीतको म्युजिक भिडियोका लागि आयुषसँग रोमान्स गरेकी हुन्।

म्युजिक भिडियोको निर्देशन कोरियोग्राफर कविराज गहतराजको मुख्य सहायक निर्देशक भई काम गर्दै आएका शिशिर खातीले गरेका छन्। ‘सिनेम्याटिक हिसाबले राम्रो देखाउने गरी यो भिडियो बनाएको छु। जुन प्रयासलाई दर्शकले रुचाइदिनुहुन्छ भन्ने विश्वास गरेको छु –खाती भन्छन्। त्यसै गरी श्रद्धाले म्युजिक भिडियोको अनुभवबाट अभिनय क्षमता वृद्धि हुने भएकाले अफर आएका म्युजिक भिडियोहरूमा काम गरिरहेको बताइन्। म्युजिक भिडियोको छायांकन सन्तरंज सुवालले गरेका छन्।

सार्वजनिक म्युजिक भिडियोमा मनीष विश्वकर्माको एकल स्वर र संगीत रहेको छ।