२२ किमि लामो राजकुलो सफाईमा जुटे स्थानीयबासी

0
Shares

सुरेश तामाङ, ललितपुर ।

२२ किमि लामो राजकुलो सफाईमा गोदावरी नगरमालिका–१२ का स्थानीय जुटेका छन् । राजकुलो अबरुद्ध भएको ८ वर्ष वितेपनि राज्यको संबन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासी आफैँ सफाईमा जुटेका हुन् ।

‘पहिला बैशाखको अन्तिम सातामा रोपाई सकिन्थ्यो,’ श्रमदानमा जुटेका गोदावरी १३ का राजेन्द्र महर्जनले भने, ‘कुलो नचल्दा असार लाग्दापनि रोपाई गर्न सकेको छैन ।’

बाह्रै महिना जसो अबरुद्ध हुने यो कुलोमा लेले नल्लुखोलामा संचालित क्रसरको धूलो भरेको छ भने प्राय ठाउँमा पहिरोले भत्केको छ । यस्तो अबस्थामा राज्यको संबन्धित निकायले वेवास्था गरेको भन्दै आफूहरु श्रमदानमा सफाईमा जुटेको उनले भने ।

अबरुद्ध कुलोका कारण प्रायजसो आकाशे पानीको भर पर्नु पर्ने भन्दै उनले भने, ‘अबगत वर्ष आकाशेपानीको भरमा रोपाई गरँे । यसपालि राम्रोसँग पानी नपरेकाले बाझै हुने डर छ ।’

टिकाभैरब–कुपण्डोल बग्ने राजकुलो नेपाल र भारत मैत्रीपूर्ण सहयोगमा वि.सं. २०१८ मा निर्माण भएको थियो । उक्त कुलो राजा महेन्द्रको बाहुलीबाट उद्घाटन भएको थियो । भने २०६२ भारतीय राजदुताबासको सहयोगमा पुननिर्माण भएको थियो ।

कुलोमा पानी ल्याउन बनाइएको ड्याममा पानी नल्लु र महादेव खोलाबाट आउछ । कुलोको लम्बाई साढे २२ किमी छ । चारघेरभन्दा माथि करिब एक किमी जतिमात्र पानी चलेको छ । कुलोको पानीबाट करिब ६० हजार रोपनीमा सिचाइ पु¥याउन सक्ने क्षमता छ ।

टिकाभैरव १ नम्बर राजकुलो जल उपभोक्ता समितिको अगुवाईमा कुला सफाई अभियान थालेको हो । अघि गोदावरी नपा–१२ ठेचोका पारु गुठी, बालकुमारी गुठी अन्तर्गतका तः गुठी (भैरव गुठी)का ९२ गुठीयार, चह्रेका ३७ र पूर्णिमाका २८ गुठीयार पालैपालो गरेर २६ गतेदेखि श्रमदान गर्दै आएका छन् ।

समितिका अध्यक्ष विनोद महर्जनले गुठीयारहरुले ६ दिनमा २ किमीभन्दा बढी कुलो सफा गरिसकेको बताए । ‘स्थानीयबासीले स्वइच्छाले गरेको सहयोग रकमबाट खाजा खुवाउने व्यवस्था मिलाइएको छौ,’ उनले भने, ‘एक पटक खाजा खुवाउदा ५÷६ हजार रुपैयासम्म खर्च हुने गरेको छ ।’

समितिका सचिव चक्र महर्जनले कुलो सफा गर्ने काम सिध्याउन अझै ५० जनाका दरले कामदार खटिएपनि साता दिन लाग्ने बताए । ‘यसका लागि ठेचो तल्लो लाछीस्थित ब्रम्हायाणी गुठी अन्तर्गतका कोनाः गुठी, न्हयस् र मूः गुठीका गुठीयारलाई श्रमदान गर्न आहवान गरेका छौ,’ उनले भने ।

पहिला राजकुलो हेर्ने ३२ जना धलपाः (कर्मचारी) थिए । नगरपालिका गठन हुनुपूर्व चापागाउँ र ठेचोमा २÷२ जना थिए । अहिले एक जनापनि छैनन् । पारु गुठीका नँइके जितगोविन्द्र महर्जनले कुलो राम्रोसँग चलाउन अहिले कम्तीमा ६ जना धलपाः चाहिने बताए । ‘पहिला गुठीयारहरुबाट श्रमदाननै गर्नुपदैनथ्यो,’ उनले भने, ‘धलपाःहरुले पानी थुन्ने, छोड्ने सबै काम गर्दथ्यो ।’

कुलो नचलेपछि रोपाईसँगै नगर र महानगरका अधिकांश पोखरी र ढुंगेधारा सुकेका छन् । ठेंचोका बुद्ध, महादेव, फुंगालगायत आठवटा पोखरी, सुनाकोठीका तीनवटा, धापाखेलका तीनवटा, झरुवारासीका दुईवटा र पाटन नगरपालिकाको पिम्बहाल, प्रयाग, जावलाखेल, मत्स्येन्द्रनाथ, तधः पोखरीलगायतदर्जनभन्दा बढी पोखरी दुर्धन्धित बनेको छ । भने १ सय भन्दाबढी ढुगेधारा सुकेका छन् । महानगरले राजकुलो नगर ल्याउन प्रत्येक वर्ष छुट्याउने गरेको बजेट बर्षेनी फ्रिज हुने गरेको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले धलपाः राख्ने योजना बनाइरहेको बताए । ‘कुलो महानगरसम्म पु¥याउन महानगरपालिकास“ग समन्वय गर्ने योजना छ,’ उनले भने ।

अहिले ठेचोको पूर्वपट्टिको भाग, झरुवारासीको पश्चिमपट्टिको भाग, चापागाउँको शेरा फाँट, सुनाकोठीको २ नम्बर राजकुलोको माथिल्लो बेललगायत क्षेत्रमा कुलो नचल्दा खेतमा रोपाई गर्न सकेको छैन ।