जोकोभिच दोस्रो चरणमा

0
Shares

 

लन्डन, (एजेन्सी)
पूर्वविजेता नोभाक जोकोभिच लन्डनमा जारी विम्बल्डन टेनिसअन्तर्गत केवल ४० मिनेटमै दोस्रो चरणमा पुगेका छन्। प्रतिद्वन्द्वी मार्टिन क्लिजान दोस्रो सेटमा रिटायर्ड भएपछि जोकोभिचको दोस्रो चरण सहज भएको हो। दोस्रो वरीयता प्राप्त जोकोभिचले खेलमा ६–३, २–० ले अग्रता लिँदा स्लोभाकियन खेलाडीले खेल परित्याग गर्ने निर्णय लिएका थिए। सर्बियाली खेलाडीले अर्को चरणमा चेकका एडाम पाभलासेकसँग बिहीबार खेल्नेछन्।