यस कारण सधै डुवानमा पर्छ यो गाउँ


 

शिवहरि प्रसाद भट्टराई, राजविराज । सप्तरीको तिलाठीमा च्यानल खनेर पानी बगाउने दुवै देशका प्राविधिहरुको योजना भारतीय पक्षका कारण कार्यान्वयन भएन् । सन् २०१३ मा नेपाल–भारत दुवै पक्षका प्राविधिकहरुले अध्ययन गरी च्यानल खनेर खाडो, महुली र जीता खोलाको पानी बगाउने योजनाको प्रतिवेदन दिएपनि हालसम्म उक्त प्रतिवेदन कार्यान्वयन नभएका कारण तिलाठी लगायतको गाउँ डुवानमा पर्ने गरेका हुन् ।

२०७४ वैशाख ६ गते काठमाण्डौंमा बसेको नेपाल–भारत कोशी समन्वयन समितीको वैठकमा यो विषयलाई प्राथमिकता दिन अनुरोध गरेपनि हालसम्म भारतीय पक्ष मौन रहेको खाडो नदी नियन्त्रण आयोजनाका प्रमुख अखलाक सिद्धिकीले बताए ।

यसबाट नेपालका केहि भागलाई फाईदा भएपनि भारतको कुनौली बजार, कमलपुर लगायतलाई फाईदा हुने बताउँदै प्रमुख सिद्धिकीले भने–‘२ दशमलव १ किलोमिटर लम्वाई र २१ मिटर चौडाको च्यानल खनेर भारत क्षेत्रमा पानी वगाउन सके बाढिको पानी कम हुने उनको भनाई छ ।’

यता, खाडो नदीमा दुवैतर्फ बाँध बनाएर राजमार्गसम्म र राजमार्ग उत्तर १० किलोमिटर चुरेसम्म गरी ६० किलोमिटर बाँध बनाउने योजनाका लागि २ अर्व रुपियाँ छुट्याइएको हाल २६ किलोमिटर बाँध बनाउने काम सम्पन्न भएको जानकारी दिदै उनले यसकालागि १५ करोड खर्च भएको बताए । खाडो खोलामा आएको बाढिले रायपुरबाट बाढि छिरेर पौवा, राजविराज नगरपालिका–२ र १० डुमरी शिवथानमा क्षति पु¥याएको थियो भने महुली, जीता र सुन्दरी खोलाले मैनाकडेरी र त्रिकोल गाविसको वडा नम्वर १ देखि ६ सम्म तथा चन्द्रनहरमा नहर कटान गरेर ठुलो क्षति पु¥याएको छ ।

 

दशगज्जा क्षेत्रमा भारतीय पक्षको बाँधदशगज्जामा भारतीय पक्षले बाँध बनाएका कारण सप्तरीका एक दर्जन गाउँ डुवानमा परेका छन् । जिल्लाको कोईलाडी तिलाठी गाउँपालिका अन्तर्गत कुनौली सिमा क्षेत्रमा करिब तीन किलोमिटर लामो बाँध बनेपछि दशगज्जाले नदीको रुप लिएको छ ।

उत्तरतर्फबाट दक्षिणतर्फ वग्ने खाडो, महुली र जिता खोलाको पानी भारतीय सिमामा बनेको बाँधले गर्दा प्राकृतिक वहाव रोकिएका कारण दशगज्जा नदी बनेको हो । विगत दश वर्षदेखि उक्त क्षेत्रमा बाँध बनाउने क्रम सुरु भएको उक्त बाँधलाई पक्की बनाइएको छ ।

बाँधका कारण तिलाठी, लौनियाँ, सकरपुरा, वेल्ही, को.बरसाईन, कोईलाडी, ईनर्वा, रम्पुरा, मल्हनियाँ, कुशहा, को.मधेपुरा लगायतका गाउँहरु जलमग्न भएका छन् । गत वर्ष बाढिकै कारण तिलाठीमा नेपाली पक्ष र भारतीय जनताका विच आपसमा बाँधका विषयलाई लिएर कुटाकुटसम्म भएको घटना सेलाउन नपाउँदै पुनः वर्षा सुरु भएको छ ।

खाडो, महुली र जीता खोलाको पानी दशगज्जा भएर वग्न थालेपछि तिलाठी छेउमा च्यानल खनेर भारततिर बगाउने दुवै देशका प्राविधिकहरुले दिएको प्रतिवेदन हालसम्म कार्यान्वयन नहुँदा उक्त क्षेत्रका वासिन्दा डुवानमा वस्न बाध्य भएका छन् ।

अविरल वर्षाका कारण सदैव डुवानमा वस्न बाध्य हुनु परेको तिलाठी गाउँका दिनेश्वर मिश्रले बताउँछन् । उनी भन्छन–‘हेर्दा हेर्दै वुढो भईयो, तर बाढिको समस्या समाधान भएन ।’

‘आफ्नो जीवनकालमा यो समस्या समाधान होला? भन्ने कुरामा ७० मिश्र विश्वस्त छैन् । ‘आफु गाविस अध्यक्ष भएर पटक पटक सरकारका प्रतिनिधिलाई अनुरोध ग¥यो, तर हालसम्म डुवान बस्न बाध्य छौ–उनले भने ।

तिलाठी गाउँकै समाजिक कार्यकर्ता देवनारायण यादव गत वर्षको बाढिमा बाँध बनाउन रोक्दा भारतीय पक्षको कुटाई पनि खाईयो, त्यतिवेला दुवै देशका अधिकारीहरुले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेपनि समस्या जस्ताको त्यस्तै यथावत रहेको बताए ।

नेपाल भारत कोशी सम्झौता अनुसार कोशीसित जोडिएका खोलाहरुबाट हुने क्षतिको क्षतिपूर्ति तथा खोलाको व्यवस्थापनको जिम्मेवारी भारत सरकारको रहेको छ ।