कार्यालय समयमा आफन्तको बिहेमा

0
Shares

हेटौंडा,(नेस) । कार्यालय समयभित्र हेटौंडा उपमहानगरका कर्मचारी कक्षमा नहु“दा सेवाग्राहीले सास्ती भोग्नु परेको छ । उपमहानगरपालिकाका भवन इजाजत शाखा प्रमुख इञ्जिनियर सत्यनारायण शाह कार्यालय समयमा आफ्नो कक्षमा नहु“दा सेवाग्राहीले घण्टौं सास्ती भोग्नु परेको हो ।

कार्यालय समयभित्र इञ्जिनियर आफ्नो कक्षमा नहु“दा काम लिएर पुगेका सेवाग्राही सोफामै निदाउने गरेका छन् । घर निर्माणको नक्सापास गर्न सोमबार हेटौंडा उपमहानगरपालिका पुगेका हेटौंडा–१२, सिग्रनीका ७४ वर्षीय निलप्रसाद उपाध्यायले इञ्जिनियर शाहलाई घण्टौं कुर्नुप¥यो । भुकम्पले भत्काएको घरको नक्सापास गर्न आएका उपाध्याय इञ्जिनियर शाहको कक्षामा कुरिरहे । हेटौंडा–६, चौघडाका पुनबानु खान भुकम्पले भत्किएको घरको पुनर्निर्माणका लागि नक्सापास गर्न आउ“दा इञ्जिनियर नभेटेको गुनासो गरे ।

सोमबार दिउ“सो १२ बजेदेखि २ बजेसम्म कुर्दा पनि इञ्जिनियर कार्यालयमा नआएको सेवाग्राहीको गुनासो छ । भवन इजाजत महाशाखा प्रमुख इञ्जिनियर शाह कार्यालय समयभित्र कता जानुभयो भनी जानकारी लि“दा उनले ‘आफन्तको विवाहमा गएको’ प्रतिक्रिया दिए ।