किसानलाई अढाइ लाख अनुदान

0
Shares

हेटौंडा,(नेस) । अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्था, हटियाले किसानलाई आर्थिक वर्ष २०७२÷०७३ को अनुदान रकम बितरण गरेको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन, ललितपुरबाट पशु उत्पादन बजारीकरणका आधारमा पाइलट कार्यक्रमबाट प्रतिलिटर एक रुपिया“का दरले प्राप्त अनुदान रकम मंगलबार बितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत् संस्थाले २ लाख ४८ हजार ५ सय ४० रुपिया“ अनुदान प्राप्त गरेको थियो । दैनिक पा“च सय लिटर भन्दा बढी दूध संकलन गर्ने आफ्नै चिस्यान भएका संस्थालाई  अनुदान प्राप्त हुने गरेको छ । कार्यक्रममा सबभन्दा बढी दूध बिक्री गर्ने किसानलाई हेटौंडा–१७ का वडाध्यक्ष भैरव राई र पशु प्राविधिक विश्वनाथ यादवलगायतले अनुदान प्रदान गरेका थिए । संस्थाबाट आव २०७२÷०७३ मा सबभन्दा बढी दूध बिक्री गरेका किसान इन्द्रप्रसाद नेपालले ११ हजार ७ सय ५० रुपिया“ अनुदान पाएका छन् ।