एमाले प्रतिनिधिलाई बजेटबारे जानकारी

0
Shares

हेटौंडा,(नेस) ।

नेकपा एमाले मकवानपुरले स्थानीय तहमा विजयी प्रतिनिधिलाई बजेट तर्जुमा कानुनी प्रावधानका विषयमा जानकारी दिएको छ । हेटौंडामा मंगलबार जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको हो । जनप्रतिनिधिलाई बजेट तर्जुमा तथा कानुनी प्रावधानका विषयमा सहज बनाउने उद्धेश्यले कार्यक्रम गरिएको नेकपा एमाले मकवानपुर सचिव एकालाल श्रेष्ठले बताए ।

एमाले प्रदेश नम्बर ३ का सहसंयोजक काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले प्रदेश नम्बर ३ सदस्य विकल्प शर्मा, पेशागत जिल्ला कमिटीका कुन्साङ लामालगायतले विषयगतरुपमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय केदार न्यौपाने र विरोध खतिवडा, प्रदेश सदस्य रामचन्द्र राईलगायतको आतिथ्यता थियो । कार्यक्रममा एमालेका तर्फबाट विजयी नगर र गाउ“ तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षको सहभागिता थियो । कार्यक्रम एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको हो ।