निकास बन्द भएपछि घर डुबानमा

0
Shares

हेटौंडा,(नेस)

पानीको उचित निकास नहु“दा वर्षामा हेटौंडा–५ का केही घर डुबानमा परेका छन् । हेटौंडा बजार क्षेत्रनजिक वडा नं ५, पिप्लेस्थित दक्षिणकाली रोडका घरहरु डुबानमा परेका हुन् । वर्षामा परेको पानी निकासका लागि ढल निर्माण नभएकोले घरहरु डुबानमा परेका छन् । पिप्लेको दक्षिणकाली रोड र लक्ष्मीमन्दिर रोडमा ढलको निकास व्यक्तिगत जग्गामा परेको भन्दै निकास बन्द भएपछि घरहरु डुबानमा परेका हुन् ।

केही वर्ष अघिदेखि बस्ती डुबानमा पर्दै आए पनि स्थानीय निकायले ध्यान दिन नसकेको स्थानीयले गुनासो गरेका छन् । बस्तीमा पानी जमेर डुबानमा परेपछि घरहरुमा पानी पस्ने, बाटोमा आवतजावत गर्न नसकिने, बालबालिकालाई विद्यालय आउजाउमा समस्या परेको छ ।